काठमाडौ - गत भदौ २३ र २४ गतेको आन्दोलनमा भएको जनधनको क्षति सम्बन्धी जाँचुबझ गर्न गठीत गौरीबहादुर कार्की आयोगको प्रतिवेदन आज सार्वजनिक गर्ने तयारी गरिएको छ ।
आज दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बस्न लागेको मन्त्रिपरिषदको बैठकले प्रतिवेदन सार्वजनिक गर्ने बुझिएको छ ।
सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको यो सम्भवत अन्तिम बैठक हुने बुझिएको छ । गत भदौ २३ र २४ गतेको आन्दोलनपछि ६ महिनाभित्र चुनाव गराउने म्याण्डेटसहित कार्की प्रधानमन्त्री भएकी थिइन् ।
प्रतिक्रिया