राप्रपाले टुंग्यायो ४ जना समानुपातिक सांसदको नाम, को–को परे ?

आइतबार, ०१ चैत्र २०८२, १६ : ०४

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि समानुपातिकतर्फका पार्टीका सांसदहरुको नामावली टुंगो लगाएको छ ।

आइतवार काठमाडौंको धुम्बाराहीस्थित पार्टी कार्यालयमा बसेको केन्द्रिय कार्य सम्पादन समितिको बैठकले पार्टीले पाउने ४ जना समानुपातिकतर्फका सांसदहरु टुंगो लगाएको हो ।

प्रवक्ता मोहन श्रेष्ठका अनुसार खस आर्य पुरूषतर्फ महोत्तरीका भरत गिरी, मुस्लिम पुरूषतर्फ रूपन्देहीका ताहिर अली, खस आर्य महिलातर्फ झापाकी खुस्बु ओली र जनजाति महिलातर्फ धादिङकी सरस्वती लामाको नाम सिफारिस गरिएको छ ।

 
आइतबार, ०१ चैत्र २०८२, १६ : ०४

प्रतिक्रिया