कालिन्चोक हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँड

सोमबार, ०२ चैत्र २०८२, १२ : ४७

काठमाडौं- कालिन्चोक हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्काशन गरेको आईपीओ बाँडफाँड गरेको हो। कम्पनीको आईपीओ बिक्री प्रबन्धक आरविवि मर्चेन्ट रहेको छ ।

कम्पनीले फागुन १३ गतेदेखि फागुन १७ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ८२ हजार ५ कित्ता शेयर निष्काशन गरेको थियो । आईपीओमा ८३ हजार ६०६ जनाको आवेदन परेको थियो । जसमध्ये जस मध्ये ७४ हजार ५ सय ६८ जनाको आवेदन मात्र योग्य भएको छ ।

आईपीओमा ८ हजार २५० जनाले १०/१० कित्ताको दरले सेयर पाएका छन् भने बाँकी आवेदक भने हात खाली भएको छ ।

 
 
सोमबार, ०२ चैत्र २०८२, १२ : ४७

प्रतिक्रिया