सेयर बजार

नेप्से परिसूचक २६.०७ अंकले घट्यो, ११ अर्ब ९७ करोडको कारोबार

सोमबार, ०२ चैत्र २०८२, १५ : २४

काठमाडौं– साताको दोस्रो दिन आज(सोमबार) सेयर बजारमा गिरावट देखिएको छ। नेप्से परिसूचक २६.०७ अंकले घटेर २७९८ अंकमा झरेको हो।

आज कारोबार रकम पनि घटेको छ। अघिल्लो दिन १४ अर्ब ३५ करोड रुपैयाँको कारोबार भएकोमा सोमबार ११ अर्ब ९७ करोड रुपैयाँमा सीमित भएको छ।

सोमबार ४८ कम्पनीको सेयर मूल्य बढ्दा २११ कम्पनीको घटेको छ भने ४ कम्पनीको मूल्य स्थिर रहेको छ। उत्पादन तथा प्रशोधन समूहबाहेक अन्य सबै उपसूचक ओरालो लागेका छन्। उक्त समूहको सूचक भने ०.२५ प्रतिशतले बढेको छ।

क्षेत्रगत रूपमा बैंकिङ १.६१ प्रतिशत, विकास बैंक ०.८४ प्रतिशत, फाइनान्स ०.७१ प्रतिशत, होटल तथा पर्यटन ०.२६ प्रतिशत, लगानी १.५२ प्रतिशत, जीवन बीमा ०.९४ प्रतिशत, माइक्रोफाइनान्स ०.७५ प्रतिशत, निर्जीवन बीमा ०.४५ प्रतिशत, अन्य १.०९ प्रतिशत तथा व्यापार समूह ०.२१ प्रतिशतले घटेका छन्।

आज ५ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ। ती कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, साल्पा विकास बैंक, अपर हेवाखोला, सोलु हाइड्रोपावर र होटल फरेस्ट इन रहेका छन्।

त्यस्तै पिपुल्स हाइड्रोपावरको सेयर मूल्य ६.५१ प्रतिशत, सिन्धु विकास बैंकको ६.३३ प्रतिशत र नेसनल हाइड्रोपावरको ५.३६ प्रतिशतले बढेको छ।

नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य सबैभन्दा धेरै ४.१८ प्रतिशतले घटेको छ भने ग्रिनलाइफ हाइड्रोपावरको ३.९८ प्रतिशतले गिरावट आएको छ।

कारोबार रकमका आधारमा आज आँखुखोला जलविद्युत्, नेसनल हाइड्रोपावर, अपरहेवाखोला, एसवाई प्यानल र रिडी पावरका सेयरमा सबैभन्दा धेरै कारोबार भएको छ।

 
 
 
सोमबार, ०२ चैत्र २०८२, १५ : २४

प्रतिक्रिया