बेनी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

विहीबार, ०५ चैत्र २०८२, १२ : २३

काठमाडौं-  बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले चैत १ गतेदेखि निष्कासन गरेको साधारण सेयर (आईपीओ) मा आवेदन दिन आज अन्तिम दिन रहेको छ ।

कम्पनीले जारी पूँजी १ अर्ब ४ करोड रुपैयाँको २० प्रतिशत अर्थात २० करोड ८० लाख रुपैयाँ बराबरको २० लाख ८० हजार कित्ता  सेयर निष्कासन गर्ने अनुमति पाएको थियो। जसमध्ये सर्वसाधारणका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने १ लाख ४ हजार कित्ता सेयर श्रम स्वीकृति प्राप्त गरी विदेशमा रहेका नेपाली श्रमिकहरूका लागि छुट्याइएको हो।

सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी प्लस प्रदान गरेको छ । 

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि लिमिटेड रहेको छ । 

 
 
विहीबार, ०५ चैत्र २०८२, १२ : २३

प्रतिक्रिया