६४ अंकले बढ्यो शेयर बजार, २१ अर्बको कारोबार

विहीबार, ०५ चैत्र २०८२, १५ : २५

काठमाडौं- साताको पाँचौ कारोबार दिन नेप्से परिसूचक ६४.६७ अंकले बढेको छ।

निर्वाचनपछि विस्तारै उकालो लाग्न थालेको शेयर बजार बिहीबार २.२९ प्रतिशतले बढेसँगै २८७७.०२ अंकमा पुगेर बन्द भएको छ।

Screenshot 2026-03-19 151206

५ करोड ६९ लाख २० हजार ६ सय ८ कित्ता शेयर किनबेच हुँदा २१ अर्ब २२ करोड ३४ लाख ९४ हजार ८ सय ८६ रुपैयाँको कारोबार भएको छ। 

साताको अन्तिम कारोबार दिन कारोबारमा आएकामध्ये २ सय ४० कम्पनीको शेयर मूल्य बढेको छ भने २२ कम्पनीको मूल्य घटेको छ। दुई कम्पनीको शेयर मूल्यमा भने कुनै परिवर्तन भएन। 

 
 
विहीबार, ०५ चैत्र २०८२, १५ : २५

प्रतिक्रिया