रास्वपा सरकार

नयाँ सरकारसँग के छ निजी क्षेत्रको अपेक्षा ?

शुक्रबार, ०६ चैत्र २०८२, ११ : ३७

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको प्रतिवेदन राष्ट्रपतिलाई बुझाएसँगै नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभामा झन्डै दुई तिहाई बहुमत ल्याएसँगै रास्वपाकै नेतृत्वमा नयाँ सरकार गठन हुनेछ । 

नयाँ बन्ने सरकार संविधानको धारा ७६ को १ अनुसार निर्मााण हुने छ । रास्वपाले यसअघि नैं बालेन साहलाई प्रधानमन्त्री रुपमा अघि सारेकाले उनकै नेतृत्वमा नयाँ सरकार गठन हुने छ । बालेन साहको नेतृत्वमा नयाँ सरकार गठन हुने भएपछि विभिन्न क्षेत्रमा आशाको संचार भएको छ । खासगरी उद्योग व्यवसायी नयाँ सरकार बनेपछि निजि क्षेत्रका समस्या सामाधान हुनेमा आशावादी रहेका छन् । 

कोरोना महामारीपछि निजि क्षेत्र शिथिल बनेको छ । अर्थतन्त्र थिलथिलो बनेपछि निजि क्षेत्र सुस्ताएको छ, भने लगानीकर्ताको मनोबल पनि घटेको छ । नयाँ बन्ने सरकारले निजि क्षेत्रमालाई उकास्न खालका कार्यक्रम ल्याउन जरुरी छ । अर्थतन्त्रको ठूलो हिस्सा निजि क्षेत्रले ओगटेको छ । निजि क्षेत्र बलियो र आत्मनिर्भर भएमा अर्थतन्त्रमा ठूलो टेवा पुग्ने छ । 

सरकारले निजि क्षेत्रलाई योजनाबद्ध ढंगले अगाडी बढाउनुपर्ने माग व्यवसायीको छ । उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्ष दिल सुन्दर श्रेष्ठ अनावश्यक नियम कानुन संशोधन हुनुपर्ने बताउँछन् । ‘उद्योग व्यवसायीले गरेको लगानी सुरक्षित गर्ने वातावरण नयाँ सरकारले बनाउन सक्नुपर्छ ।’ उनले भने । आयातालाई घटाएर निर्यातलाई प्रतिस्थापन गर्नुपर्नेमा उनको जोड थियो । 

यस्तै व्यवसायीलाई दुःख दिने खालको नियम कानुन परिमार्जन हुनु पर्न उनको भनाइ थियो । भदौ २३ मा भएको जेनजी विद्रोहपछि उद्योग, व्यवसायीले ढुक्क भएर लगानी गर्ने वातारण बन्न सकेको छैन । जेनजी विद्रोहका बेला निजि क्षेत्रमा ठूलो भौतिक तथा आर्थिक क्षति भएको थियो । जसका कारणले व्यवसायीको मनोबल घटेको छ भने स्वदेशमा लगानी गर्ने उनीहरु डराइरहेका छन् ।

अर्थविद् प्रकाश श्रेष्ठ नयाँ बन्ने सरकारदले लगानीको वातावरण सहज गर्नुपर्ने बताउँछन् । ‘लगानी मात्रै बढेर हुँदैन, माग पनि बढ्नु पर्छ, त्यसका लागि सरकारले पुजीगत खर्च बढाउनु प¥यो ।’, उनले भने । अर्थविद् डा. चन्द्रमणी अधिकारी उद्योग भन्नाले ठूला धरानालाई मात्रै सम्झिने गरेको भन्दै आम उपभोक्ता, किसान, साना तथा मझौला उद्योग सबैका लागि राहतको प्याकेज ल्याउनु पर्ने बताउँछन् । 

कृषिमा भौतिक पुर्वाधार पुगेपनि उत्पादन पूर्वाधार पुग्न नसकेको उनको भनाइ छ । नयाँ बन्ने सरकारले उद्योग, व्यवसायी हौसला प्रदान गरी समग्र निजि क्षेत्रलाई माथि उठाउन कुनै पनि कसर बाँकी राख्नु हुँदैन ।
 

 
 
 
 
 
 
 
शुक्रबार, ०६ चैत्र २०८२, ११ : ३७

प्रतिक्रिया