काठमाडौं– र्यापरदेखि मेयरसम्म, मेयरदेखि प्रधानमन्त्रीसम्म, यो कहानी हो बालेन शाहको । चार वर्षको अवधिमा उनले हात पारेको राजनीतिक सफलता असाधारण मात्रै छैन्, नाटकीय पनि छ । बालेन शाहले राजनीतिमा जुन छलाङ मारेका छन्, त्यो सफलता कतिपय समकालीन राजनीतिक नेताहरुलाई दिवा सपना झै लाग्छ होला । तर, बालेनले जुन सफलता हात पारेका छन्, त्यसका केही प्रमुख कारणहरु छन् ।
पहिलो हो मिसन, भिजन र एजेण्डा । बालेनसँग भएको पहिलो हतियार हो, भिजन अर्थात दूरदर्शीता। उनी कुनै पनि काम योजनाबद्ध ढंगले गर्छन र त्यसमा सफलता पनि हात पार्छन् । दोस्रो हो, भाषण भन्दा कामलाई प्राथमिकता । बालेन शाह सभा, सम्मेलन र सार्वजनिक कार्यक्रमहरुमा अन्य नेताको तुलनामा कमै बोल्छन । तर, परिणाम देखाउने हिसाबले काम गर्छन् ।
उनले राजनीतिमा केही असम्भव लाग्ने कुरालाई सहजै सम्भव बनाएका छन् । जस्तो कि २०७९ को स्थानीयहरुको निर्वाचनमा उनी काठमाडौं महानगरपालिका मेयरमा स्वतन्त्र रुपले उम्मेदवारी दिएका थिए । तर बालेनसँग न त कुनै बलियो संगठन थियो, न त कुनै विरासत । सामान्य गायकको परिचय बनाएका बालेनले कांग्रेस एमालेको दबदबा रहेको काठमाडौं महानगरमा ठूलै जोखिम मोलेर निर्वाचनमा होमिएका थिए ।
चिटिक्क परेको ज्यान, कालो दारी, कालो चस्मा अनि त्यसमाथि कालै पहिरन भएका बालेनलाई काठमाडौंका जनताले आँखा चिम्म गरेर विश्वास गरिदिए । धेरैलाई सरप्राइज दिँदै कांग्रेस र एमालेका उम्मेरदवारलाई भारी अन्तरले पराजित गर्दै बालेन काठमाडौं महानगरको मेयरमा निर्वाचित भए । बालेनलाई सामान्य ठिटो भनेर मजाक उडाउने मूलधारका दलहरुलाई धक्का मात्रै लागेन, ठूलै झापड समेत लगाइदिए । बालेन यो सफलता सानो ट्रेलर मात्रै थियो । उनी सबैलाई चक्मा दिँदै ठूलो राजनीतिक कौशल प्रर्दशन गर्ने रणनीतिमा लागेका थिए ।
काठमाडौंको मेयर भएसँगै बालेनको ध्यान वर्षोदेखि व्याप्त विकृति र विसंगतिमाथि गयो । जुन विकृतिका कारणले नेपाली जनता आजित भएका थिए । बालेनले एक्सन लिएर काम गर्दा सरकार उनको तगारो भएर उभिन थाल्यो । त्यही कारण सरकार र बालेनको सँधै जुहारी चल्न थाल्यो ।
सरकारसँग आँखामा आँखा जुधाएर बहस गर्न सक्ने तागत पनि बालेनसँग थियो । बालेन त्यही सकारात्मक पक्षलाई सबैले मन पराए । स्थानीय सरकारको प्रमुख भएर मात्रै जनताको सपना पूरा गर्ने नसकिने रहेछ भन्ने भाव बुझेका बालेनको नजर संसदतिर पर्न गयो । त्यसै कारण लोकप्रियताको चुलीमा रहेका बालेनलाई रास्वपाले पार्टीमा भित्र्याएर उनलाई भावी प्रधानमन्त्रीका रुपमा अगाडिडी सार्यो ।
बालेनलाई प्रधानमन्त्रीको रुपमा अघि सार्ने बित्तिकै नेपाली राजनीतिक वृत्तमा नया तरंग पैदा भयो भने जनतामा पनि आशा पलायो । फागुन २१ मा भएको निर्वाचनमा झापा ५ बाट एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पराजित गर्दै भारी मतमा साथ बालेन विजयी भए । चार वर्षको अवधिमा बालेनले हात पारेको सफलता सायदै कसैले मात्रै पाउन सक्छ होला । सफल मेयर भएर जनताको मन जितेका बालेनलाई जनताले सत्ताको साँचो नै दिएका छन् । अब अब्बल काम गरेर जनतको मन जित्ने पालो बालेनको हो ।
प्रतिक्रिया