याम्बालिङ्ग हाइड्रोपावरको पहिलो चरणको आईपीओ आज देखि बिक्री खुला

आइतबार, ०८ चैत्र २०८२, १५ : ००

काठमाडौं- याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले आज चैत ८ गतेदेखि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सेयर निष्काशन गरेको हो।

कम्पनीले जारी पूँजी ७० करोड रुपैयाँको ४० प्रतिशत बराबरको २८ लाख कित्ता सेयर सार्वजनिक निष्काशनका लागि स्वीकृति पाएको थियो। यसमध्ये पहिलो  चरणमा कुल मूल्य ७ करोड रुपैयाँ  ७ लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयका बासिन्दा लागि छुट्याएको छ । यस सेयरमा सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नम्बर १ देखि ७ सम्मका बासिन्दाले आवेदन दिन सक्नेछन्।
  
यसैगरी सर्वसाधारणका लागि छुट्याइएको कुल सेयरमध्ये १० प्रतिशतले हुन आउने २ लाख १० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सुरक्षित गरिएको छ। यसका लागि सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरेका नेपालीहरूले मात्र आवेदन दिन पाउनेछन्।

आईपीओमा  न्यूनतम १० कित्ता र अधिकतम सीमाका हकमा स्थानीय बासिन्दाले ७ हजार कित्तासम्म र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले २१ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।

त्यसैगरि आयोजना प्रभावित क्षेत्रका लागि खुला गरिएको आईपीओ छिटोमा चैत २२ गते बन्द हुनेछ भने मागअनुसार आवेदन नपरेमा वैशाख ७ गतेसम्म खुला रहनेछ। त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आवेदन अवधि छिटोमा चैत ११ गते र ढिलोमा चैत २२ गतेसम्म रहनेछ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। 

 
 
आइतबार, ०८ चैत्र २०८२, १५ : ००

प्रतिक्रिया