आजदेखि कालंगा हाइड्रोपावरको आईपीओको आवेदन खुल्ला

मंगलबार, १० चैत्र २०८२, १२ : १२

काठमाडौं- कालंगा हाइड्रो लिमिटेडको आईपीओमा आजदेखि आवेदन खुल्ला भएको छ । 

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ खल्ला गरेको हो।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ४९ लाख कित्ता आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो। जसमध्ये अहिले आयोजना प्रभावितलाई १४ लाख कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ३ लाख ५० हजार कित्ता आईपीओ विक्री खुल्ला गरेको छ । 

यस आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। कम्पनीको  आईपीओ निष्काशन बन्द आयोजना प्रभावितका लागि चैत २४ गतेसम्म र वैदशिक रोजगारीमा रहेका नेपालीका लागि चैत १५ गते हुनेछ ।

यस कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।

 
 
मंगलबार, १० चैत्र २०८२, १२ : १२

प्रतिक्रिया