सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको पहिलो सेयर कारोबार सुरु: २८४ रुपैयाँ ३० पैसामा ओपनिङ

आइतबार, १५ चैत्र २०८२, १२ : २३

काठमाडौं– नेप्सेमा सूचीकृत सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडको सेयर कारोबार आज आइतबारदेखि  सुरु भएको छ। स्पेसल प्रि(ओपन सेसनमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता २८४ रुपैयाँ ३० पैसामा भएको हो।

नेप्सेले यो हाइड्रोपावरको पहिलो कारोबारका लागि न्यूनतम ९४ रुपैयाँ ७७ पैसादेखि अधिकतम २८४ रुपैयाँ ३१ पैसासम्मको मूल्य रेञ्ज (Price Range) तोकेको थियो। सूर्यकुण्डको सेयर झण्डै अधिकतम रेञ्जकै हाराहारीमा कारोबारमा आएको छ।

सूर्यकुण्डको सेयर गत चैत १२ गते, बिहीबार नेप्सेमा सूचीकृत भएको थियो । कम्पनीको कुल कित्ता सेयरमध्ये सर्वसाधारण तर्फ १३ लाख ७९ हजार ३५० कित्ता र संस्थापक तर्फ ५५ लाख १७ हजार ३९४ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।
 

 
 
 
आइतबार, १५ चैत्र २०८२, १२ : २३

प्रतिक्रिया