काठमाडौं– मुलुकमा विकसित पछिल्लो राजनीतिक अस्थिरता र उतारचढावको प्रत्यक्ष प्रभाव पुँजी बजारमा देखिएको छ। साताको कारोबार हुने दिन नेप्से परिसूचकमा ठुलो गिरावट आउँदा लगानीकर्ताहरू चिन्तित बनेका छन्।
आइतबार एक घण्टाको कारोबारमा परिसूचक ४२।२७ अंकले घटेर २९०७।८९ विन्दुमा झरेको छ। बजार खुलेको केही समयमै ओरालो लाग्न सुरु गरेको परिसूचक दिनभर नै दबाबमा रह्यो।
कुल ३१३ कम्पनीको शेयर कारोबार भएकोमा २५५ कम्पनीको शेयर मूल्य घटेको छ भने मात्र ९ कम्पनीको मूल्यमा वृद्धि देखिएको छ। २ कम्पनीको मूल्य भने स्थिर रहेको छ।
प्रतिक्रिया