काठमाडौं- नेपाली बजारमा टायल उत्पादन गर्दै आएको नेपाल सेरामिक इण्डष्ट्री लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने प्रक्रिया अगाडि बढाएको छ। कम्पनीले कुल ३० लाख कित्ता साधारण शेयर सर्वसाधारणमा जारी गर्न लागेको हो।
आईपीओ निष्काशन तथा बिक्री व्यवस्थापनका लागि कम्पनीले माछापुच्छ्रे क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ। यससम्बन्धी द्विपक्षीय सम्झौता पत्रमा नेपाल सेरामिक इण्डष्ट्रीका अध्यक्ष शम्भुनाथ झा र माछापुच्छ्रे क्यापिटलका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकारले हस्ताक्षर गरेका छन्।
बिक्री प्रबन्धक नियुक्तिसँगै कम्पनीले अब नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) सँग अनुमति मागेर छिट्टै सर्वसाधारणका लागि शेयर बिक्री खुला गर्ने तयारी गरेको छ। स्वदेशी कच्चा पदार्थको प्रयोग गरी टायल उत्पादनमा सक्रिय यस कम्पनीको आईपीओले पूँजी बजारमा नयाँ उत्साह थप्ने विश्वास गरिएको छ।
प्रतिक्रिया