ओली पक्राउ विरुद्ध एमालेले गर्‍यो चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा

मंगलबार, १७ चैत्र २०८२, १६ : ०६

काठमाडौं- नेकपा एमालेले पार्टी अध्यक्ष  केपी शर्मा ओलीलाई प्रतिशोधपूर्ण ढंगले पक्राउ गरिएको भन्दै चरणबद्ध आन्दोलनको घोषणा गरेको छ ।

शनिबार ओली पक्राउ परेदेखि निरन्तर आन्दोलित एमालेले मंगलबारको सचिवालय बैठकबाट थप आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । अहिलेको आन्दोलनलाई निरन्तरता दिँदै थप कार्यक्रम घोषणा गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।  आन्दोलनका थप कार्यक्रम तय गर्न तत्कालै पार्टी केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय समेत गरिएको छ ।

एमालेले चैत २५ गतेसम्म जिल्ला तहमा आन्दोलन केन्द्रित बृहत् भेला गर्ने, चैत २८ गते सबै पालिकामा विरोध प्रदर्शन गर्ने, वैशाख ३ गते वडा तहमा भेला गर्ने,  वैशाख ७ गते प्रदेश राजधानीहरूमा प्रदर्शन गर्ने र वैशाख १२ गते राजधानीमा विशाल विरोध प्रदर्शन गर्ने घोषणा गरेको छ ।

 
 
मंगलबार, १७ चैत्र २०८२, १६ : ०६

प्रतिक्रिया