स्नो रिभर्सको आईपीओ बाँडफाँड

विहीबार, १९ चैत्र २०८२, १६ : ०३

काठमाडौं- स्नो रिभर्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड गरेको छ । आज चैत १९ गते बिहान बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडले आईपीओ बाँडफाँड गरेको हो ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि चैत ९ गतेदेखि चैत १२ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ९३ हजार ७५० कित्ता आईपीओ बिक्री खुला गरेको थियो । बिक्री अवधिभर ८२ हजार १०६ जनाबाट आवेदन परेकोमा ८२ हजार ८५ जनाको आवेदन मात्रै स्वीकृत भएको छ भने बाँकी आवेदन रद्द भएका छन् ।

 
 
 
 
विहीबार, १९ चैत्र २०८२, १६ : ०३

प्रतिक्रिया