याम्बालिङ हाइड्रोपावरको आईपीओ बाँडफाँट

विहीबार, १९ चैत्र २०८२, १६ : ०७

काठमाडौं- याम्बालिङ हाइड्रोपावरले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आईपीओको बाँडफाँट भएको छ । कम्पनीले प्रतिकित्ता  १०० रुपैयाँ अंकित मूल्यमा कुल २ लाख १० हजार कित्ता सेयर जारी गरेको थियो । उक्त आईपीओमा कुल ८३ हजार ३९६ जना योग्य आवेदक सहभागी भएका थिए भने कुल १० लाख ९६ हजार २९० कित्ताका लागि आवेदन परेको थियो ।

मागभन्दा ५.२२ गुणा बढी आवेदन परेपछि कम्पनीले गोलाप्रथामार्फत बाँडफाँट गरेको हो। जसमध्ये २१ हजार जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् । यस आईपीओको निष्कासन तथा व्यवस्थापन मुक्तिनाथ क्यापिटलले गरेको हो।

 
 
विहीबार, १९ चैत्र २०८२, १६ : ०७

प्रतिक्रिया