काठमाडौं- नेपाल धितोपत्र बोर्डमा ५ कम्पनीले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)को अनुमति माग्दै आवेदन दिएका छन्। आवेदन दिएका कम्पनीहरूमा बुढानिलकण्ठ हेरिटेज, सभापोखरी हाइड्रोपावर, नेशनल वायोटेक, इष्टर्न साहारा कम्पनी, र पशुपति रिन्यूएबल्स रहेका छन्।
बुढानिलकण्ठ हेरिटेज लिमिटेडले १०० रुपैयाँ अंकित मूल्यमा ४९ करोड ५० लाख रुपैयाँ बराबरको ४९ लाख ५० हजार कित्ता आईपीओ निष्कासनको अनुमति माग्दै चैत १६ गते बोर्डमा निवेदन दिएको हो। यसको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ।
त्यस्तै, नेशनल वायोटेक लिमिटेडले पनि १० लाख कित्ता, अर्थात् १० करोड रुपैयाँ बराबरको आईपीओ निष्कासनको अनुमति मागेको छ। यसको बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल लिमिटेड रहेको छ।
सभापोखरी हाइड्रोपावर लिमिटेडले १० लाख ७५ हजार कित्ता, अर्थात् १० करोड ७५ लाख रुपैयाँ बराबरको आईपीओ निष्कासनको अनुमति मागेको छ। यसको बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ।
पशुपति रिन्यूएबल्सले १४ लाख ४० हजार कित्ता, अर्थात् १४ करोड ४० लाख रुपैयाँ बराबरको आईपीओ निष्कासनको अनुमति मागेको छ। यसको बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ।
अन्ततः इष्टर्न साहारा कम्पनी लिमिटेडले २७ लाख ५० हजार कित्ता, अर्थात् २७ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्कासनको अनुमति मागेको छ। यसको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ।
प्रतिक्रिया