स्काईलाइन इन्फ्राले प्रिमियममा आईपीओ जारी गर्ने

मंगलबार, २४ चैत्र २०८२, १७ : ५७

काठमाडौं- स्काईलाइन इन्फ्रा लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने योजना बनाएको छ। कम्पनीले आईपीओ जारी गर्ने प्रस्ताव पारित गर्न वैशाख ११ गते शुक्रबार विशेष साधारण सभा (ईएसजी) बोलाएको छ।

विशेष सभा वीरगंजको आदर्शनगरस्थित होटल सरोबरमा अपरान्ह ५ बजे शुरु हुनेछ। कम्पनीले चैत १५ गतेको सञ्चालक समितिको बैठकमा यस निर्णयलाई स्वीकृति दिएको हो।

सभामा कम्पनीको प्रबन्धपत्र अनुसार २० प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्ने, सर्वसाधारणलाई सेयर निष्काशन गर्न र प्रिमियम मूल्यमा सेयर जारी गर्न सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव प्रस्तुत हुने जनाइएको छ।

 
 
मंगलबार, २४ चैत्र २०८२, १७ : ५७

प्रतिक्रिया