सेयर बजारमा ४५ अंकको उत्साहजनक वृद्धि, ८ अर्ब माथिको कारोबार

बुधबार, २५ चैत्र २०८२, १५ : २८

काठमाडौं- साताको चौथो कारोबार दिन आज बुधबार नेप्से परिसूचक ४५.१२ अंकले बढेर २८०२.५२ विन्दुमा पुगि बन्द भएको छ।

Screenshot 2026-04-08 153654

आज २५१ कम्पनीको सेयर मूल्य बढेको छ भने १५ कम्पनीको सेयर मूल्य घटेको छ। २ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ भने सेन्सेटिभ इन्डेक्स पनि ५७५ अंकले बढेर ४७६८८ विन्दुमा पुगेको छ।

आज नेप्सेमा सबै १३ उपसूचकमा वृद्धि देखिएको छ। परिसूचक बढेको दिनमा बजारमा ८ अर्ब ३१ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ। कुल ३४६ कम्पनीका १ करोड ८८ लाख १६ हजार ८०८ कित्ता सेयर ९८ हजार १६२ पटक खरिद बिक्री भएका हुन्।

आज ७ कम्पनीका सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ, जसले लगानीकर्तामा उत्साह थपेको छ।

 
 
 
बुधबार, २५ चैत्र २०८२, १५ : २८

प्रतिक्रिया