नेप्से शुक्रबार पनि खुल्ने, सोमबार-शुक्रबार नियमित कारोबार

बुधबार, २५ चैत्र २०८२, १६ : २४

काठमाडौं- नेपाल स्टक एक्सचेञ्जले (नेप्से) अब शुक्रबार पनि सेयर कारोबार खुला गर्ने भएको छ। नेपाल सरकारको मन्त्रिपरिषद्ले चैत्र २२ मा बसेको बैठकमा चैत्र २३ गतेदेखि लागू हुने गरी नयाँ कार्यालय समय बिहान ९ः० बजे देखि साँझ ५ः० बजे सम्म कायम गर्ने निर्णय गरेको थियो।

साथै, बैठकले साताको शनिबार र आइतबार सार्वजनिक विदा दिने निर्णय गरेपछि नेप्सेले आइतबारको सट्टा शुक्रबार कारोबार खोल्ने भएको हो।

नेप्सेका अनुसार अब सोमबारदेखि शुक्रबारसम्म धितोपत्रको कारोबार नियमित समयमै हुने भएको छ।

 
 
 
बुधबार, २५ चैत्र २०८२, १६ : २४

प्रतिक्रिया