सेयर बजार

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम कति ?

शुक्रबार, २७ चैत्र २०८२, १५ : १६

काठमाडौं- साताको अन्तिम कारोबार दिन (शुक्रबार) नेप्से परिसूचकमा  गिरावट आएको छ । आज  नेप्से परिसूचक १३.४६ अंकले घटेर २,८३७.७७ बिन्दुमा बन्द भएको छ जुन ०.४७ प्रतिशतको कमी हो। 

बजारमा विक्री दबाब उच्च रहँदा अधिकांश सूचीकृत कम्पनीहरूको सेयर मूल्यमा गिरावट देखिएको छ।

आज कुल कारोबार रकम ८ अर्ब ९९ करोड रुपैयाँभन्दा बढी पुगेको छ भने २ करोड १० लाखभन्दा बढी कित्ता सेयर किनबेच भएको छ। बजार अवस्थालाई हेर्दा ५६ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा २०९ कम्पनीको घटेको छ भने ३ कम्पनी स्थिर रहेका छन्।

 
 
 
 
 
 
शुक्रबार, २७ चैत्र २०८२, १५ : १६

प्रतिक्रिया