काठमाडौं- नेपाली कांग्रेसका नेता दीपक खड्कालाई थुनामै राख्न सर्वोंच्च अदालतले आदेश दिएको छ । खड्काकी श्रीमती विनिता थापाले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र शान्तिसिंह थापाको इजलासले यस्तो आदेश दिएको हो ।
ललितपुर जिल्ला अदालतबाट म्याद थपका लागि खडा गरिएको पर्चा, राजस्व अनुसन्धान विभागको अनुरोधपत्र र थुनाको कारणसहितको लिखित जवाफ बिहीबार १२ बजेसम्म पेस गर्न आदेश दिएको छ । सुनुवाइका लागि पेसी तय भएको थियो । खड्का सम्पत्ति शुद्धीकरणको आरोपमा पक्राउ परेका थिए ।
खड्काको हकमा राजस्व अनुसन्धान विभागको गत चैत ३० को पत्रबाट अनुरोध भएअनुसार, ललितपुर जिल्ला अदालतबाट तेस्रोपटक ३ (तीन) दिनको म्याद थपिएको अप्रमाणित पत्र सरकारी वकिलबाट इजलासलाई प्राप्त भएको आदेशमा जनाइएको छ ।
प्रतिक्रिया