काठमाडौं- बिहीबार सेयर बजारमा गिरावट आएको छ। आज नेप्से परिसुचक ३३.८३ अंकले घटेर २,८३३.०३ विन्दुमा बन्द भएको छ, जुन १.१८ प्रतिशतको कमी हो।

आज कुल २ करोड ७ लाख ४३ हजार ८८४ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ९ अर्ब ३१ करोड २८ लाख ६१ हजार रुपैयाँ पुगेको छ।
कारोबार भएका कम्पनीहरूमध्ये ३१ कम्पनीको शेयर मूल्य बढेको छ भने २३६ कम्पनीको घटेको छ। तीन कम्पनीको शेयर मूल्य भने यथावत् रहेको छ।
आज सबैभन्दा बढी कारोबार रिलायन्स स्पिनिङ मिल्सको भएको छ । जसको कारोबार रकम ६१ करोड ८० लाख रुपैयाँ नाघेको छ। त्यसैगरि नेशनल हाइड्रोपावरको ५५ करोड ५९ लाख, एसवाइए प्यनलको ५१ करोड ६० लाख रुपैयाँ, सोलु हाइड्रोपावरको ३२ करोड ४० लाख रुपैयाँ र रिडी पावरको ३१ करोड ७५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
प्रतिक्रिया