याम्बालिङ्ग हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

मंगलबार, २२ बैशाख २०८३, १३ : ०३

काठमाडौं- याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडको सर्वसाधारणका लागि खुला गरिएको प्राथमिक सेयर (आईपीओ)मा आवेदन दिने आज, वैशाख २२ गते अन्तिम दिन परेको छ। कम्पनीले वैशाख १६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो।

यस निष्काशनअन्तर्गत कम्पनीले १७ लाख ४३ हजार कित्ता शेयर सर्वसाधारणलाई उपलब्ध गराएको छ। लगानी गर्न इच्छुक व्यक्तिले न्यूनतम १० कित्तादेखि अधिकतम २१ हजार कित्टासम्म आवेदन दिन सक्नेछन्।

आईपीओको बिक्री तथा व्यवस्थापनको जिम्मेवारी मुक्तिनाथ क्यापिटलले लिएको छ भने नेपाल धितोपत्र बोर्डले फागुन १७ गते नै कम्पनीलाई निष्काशनको अनुमति दिएको थियो।

सिन्धुपाल्चोकमा निर्माण गरिएको ७ दशमलव २७१ मेगावाट क्षमताको याम्बालिङ्ग खोला जलविद्युत आयोजना सञ्चालनमा आइसकेको छ। कम्पनीले २०८० फागुन ८ गतेदेखि व्यावसायिक उत्पादन सुरु गरिसकेको जनाएको छ।

 
 
 
 
 
 
मंगलबार, २२ बैशाख २०८३, १३ : ०३

प्रतिक्रिया