काठमाडौँ- सेयरबजार आज सामान्य अंकले बढेको छ । नेप्से ८.७८ अंकले बढेर २७१२.८६ विन्दुमा बन्द भएको छ ।
नेप्से बढे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ । सोमबार ४ अर्ब २६ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन ३ अर्ब ४३ करोड रूपैयाँको कारोबार भएको छ । यसदिन ३३५ वटा धितोपत्रको ७७ लाख ३४ हजार १२ कित्ता सेयर किनबेच भएको हो ।
मंगलबार १६२ कम्पनीको सेयर मूल्य बढेको छ भने ९० वटाको घटेको छ। यस्तै, १६ कम्पनी स्थिर छन् । यसदिन, अपर लोहोरे खोला हाइड्रोपावरको मूल्य सर्वाधिक ११.१६ प्रतिशतले बढेको छ । उक्त कम्पनीको प्रतिकित्ता मूल्य ५३८ रूपैयाँ पुगेको छ ।
यस्तै, सोलु हाइड्रोपावरको मूल्य ७.५६ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ७१८ रूपैयाँ ५० पैसा कायम भएको छ ।
सर्वाधिक मूल्य घट्नेमा फरवार्ड माइक्रोफाइनान्स रहेको छ । उक्त कम्पनीको मूल्य ९.३२ प्रतिशतले घटेर प्रति कित्ता मूल्य एक हजार १४३ रूपैयाँमा झरेको छ ।
यसैगरी, सुपर खुदी हाइड्रोपावरको मूल्य ३.१३ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ९३० रूपैयाँमा सीमित भएको छ । मंगलबार सोलु हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ ।
उक्त कम्पनीको ७१८ रूपैयाँ ५० पैसामा २३ करोड ५७ लाख रूपैयाँको कारोबार भएको छ । सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा रिलायन्स स्पिनिङ मिल्स रहेको छ । उक्त कम्पनीको तीन हजार ७५० रूपैयाँमा १२ करोड ७८ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सात समूहको परिसूचक बढेको छ बाँकी ६ समूहको परिसूचक घटेको छ । यसमध्ये जलविद्युत समूहको परिसूचक सर्वाधिक १.०२ प्रतिशतले बढेको छ।
प्रतिक्रिया