काठमाडौं- आज (बुधबार) सेयरबजारमा सामान्य गिरावट आएको छ । आज नेप्से परिसुचक १.६४अंकले घटेर २,७११.२२ विन्दुमा बन्द भएको छ । जुन ०.०६ प्रतिशतको गिरावट हो।
आज कुल ७१ लाख ३१ हजार ५ सय ५७ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ३ अर्ब १९ करोड ७७ लाख ६६ हजार रुपैयाँ पुगेको छ।
कारोबार भएका कम्पनीहरूमध्ये १०४ कम्पनीको सेयर मूल्य बढ्दा १४९ कम्पनीको घटेको छ भने १५ कम्पनीको मूल्य स्थिर रहेको छ।
आज सबैभन्दा बढी कारोबार सोलु हाइड्रोपावरको को भएको छ । जसको कारोबार रकम २२ करोड ११ लाख ५३ हजार रुपैयाँभन्दा बढी पुगेको छ । त्यसैगरि रिलायन्स स्पिनिङ मिल्सको १६ करोड ७८ लाख रुपैयाँभन्दा बढी कारोबारसहित दोस्रो स्थानमा रहेको छ । त्यसैगरि नेशनल हाइड्रोपावर १४ करोड ८८ लाख रुपैयाँभन्दा बढीको कारोबारसहित तेस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया