काठमाडौं- बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि निष्काशन गरेको आईपीओ आज बाँडफाँड गरेको छ। कम्पनीले चैत १ गतेदेखि १५ गतेसम्म प्रभावित क्षेत्रका बासिन्दाका लागि कुल १० लाख ४० हजार कित्ता सेयर निष्काशन गरेको थियो।
निष्काशित सेयरमध्ये अति प्रभावित क्षेत्रका लागि ५ लाख २० हजार कित्ता, प्रभावित क्षेत्रका लागि ३ लाख १२ हजार कित्ता र न्यून प्रभावित क्षेत्रका लागि २ लाख ८ हजार कित्ता छुट्याइएको थियो। लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरिएको थियो।
आईपीओमा उल्लेख्य आवेदन परेको थियो। अति प्रभावित क्षेत्रबाट २ हजार ८३९ जनाले ९ लाख ५८ हजार ४१० कित्ताका लागि आवेदन दिएका थिए भने प्रभावित क्षेत्रबाट ६ हजार ३४९ जनाले ८ लाख ४० हजार ८९० कित्ता माग गरेका थिए। त्यसैगरी, न्यून प्रभावित क्षेत्रबाट २१ हजार ९४५ जनाले १३ लाख १३ हजार ४२० कित्ताका लागि आवेदन दिएका थिए। कम्पनीले प्राप्त आवेदनका आधारमा आज सेयर बाँडफाँड सम्पन्न गरेको जनाएको छ।
प्रतिक्रिया