अपडेट

प्रलोपाबाट बाबुरामको बिदाई, पार्टी सञ्चालनको जिम्मेवारी सन्तोष परियारको काँधमा

शुक्रबार, २५ बैशाख २०८३, १२ : २९

काठमाडौं– प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)ले पार्टीको अभिभावकीय भूमिकामा रहेका बाबुराम भट्टराईलाई बिदाई गर्दै महत्वपूर्ण निर्णय गरेको छ । 

प्रलोपाको बिहीबार बसेको अध्यक्ष परिषदको बैठकले पार्टीका संरक्षक रहेका भट्टराईले वैकल्पिक र रुपान्तरणकारी राजनीतिलाई सघाउन चाहेकाले उनलाई पार्टीबाट बिदाइ गर्ने निर्णय गरेको हो ।

साथै, पार्टीले वामपन्थी, समाजवादी ध्रुवीकरणको पहल गर्ने जनाउँदै आगामी महाधिवेशनबाट नयाँ नेतृत्व चयन नभएसम्म पार्टीको बैठक सन्तोष परियारको अध्यक्षतामा बस्ने निर्णय गरेको छ । 

बैठको निर्णयमा भनिएको छ, ‘यसअघि प्रगतिशील लोकतान्त्रिक पार्टीको संरक्षककारुपमा रहेका डा. बाबुराम भट्टराईले कुनै पनि सांगठनिक जिम्मेवारीमा नरहि आफू स्वतन्त्र रहेर समग्र वैकल्पिक र रुपान्तरणकारी राजनीतिलाई सघाउन चाहेको कुरा पार्टीलाइ जानकारी गराउनुभएकोले उहाँको उक्त वैक्तिक छनौटलाई उच्च सम्मान गर्दै शुभकामना दिने निर्णय गरियो।’
 

 
 
 
 
शुक्रबार, २५ बैशाख २०८३, १२ : २९

प्रतिक्रिया