संसद् बैठक

प्रतिनिधिसभा बैठकमा प्रचण्डको सम्बोधन : संसद् भवनको जगमा हजारौं शहीदको रगत छ

मंगलबार, २९ बैशाख २०८३, १४ : ५६

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवमं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान नयाँ संसदलाई समावेशी सहीदहरूको बलिदानको उपज भएको बताएका छन् । 

प्रतिनिधिसभा बैठकमा आज सम्बोधन गर्दै उनले भने, “बाहरिबाट हेर्दा यो भवन सिमेन्ट, इँट र फलामले बनेको छ तर यसको अन्तर्यमा हजारौं सहीदको बलिदान रहेको छ। हरेक वर्ग, वर्ण, जाति, लिंग र समुदायको प्रतिनिधित्व भएको यो इन्द्रेणी संसदका लागि हिजो हामीले बन्दुक उठायौं, आन्दोलन ग¥यौं।”

उनले भावुक हुँदै थपे, “यो भवनको जगमा त्यही शहादत छ। यसका हरेक भित्ता बलिदानले रंगिएका छन्। म इतिहासका ती सबै, सशस्त्र र शान्तिपूर्ण आन्दोलन एवं पछिल्लो जेनजी आन्दोलनसम्मका सहीद, वेपत्ता, घाइते योद्धा र अभियानकर्मीहरुप्रति हार्दिक कृतज्ञता प्रकट गर्दछु।”

राष्ट्रिय स्वतन्त्र पार्टीको सफलताको प्रशंसा गर्दै उनले निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरेको झण्डै दुई तिहाईको सफलतालाई स्वीकार गर्दै विशेष बधाई दिए। 

“हिजो सत्ता र प्रतिपक्ष दुवै भूमिकामा सहकार्य गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले यो निर्वाचनमा झण्डै दुई तिहाईको सफलता पाएको छ। त्यसका लागि सभापति माननीय रवि लामिछाने र सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहलाई मेरो विशेष बधाइ छ,” उहाँको भनाइ थियो। रुकुम पूर्वबाट निर्वाचित उहाँले जनताप्रति आभार व्यक्त गर्दै भन्नुभयो, “यस सन्दर्भमा मलाई निर्वाचित गर्ने रुकुम पूर्वका र हामी सबैलाई विजय गराउनुहुने आम नेपाली जनताप्रति हार्दिक आभारसहित धन्यवाद ज्ञापन गर्दछु।”

नयाँ सांसदहरूलाई बधाई दिँदै उनले भने, “जनताबाट निर्वाचित भएर आउनुभएका सबै माननीय सदस्यहरुलाई हार्दिक बधाइ र शुभकामना छ।”

उनले आफूलाई निर्वाचन परिणामको हिसाबले खुम्चिए पनि वातावरण बनाउन आफ्नो दलले खेलेको भूमिका स्मरण गर्दैबलिदानलाई बिर्सेमा यो भवन नै ढल्ने चेतावनी दिए।

“मलाई लाग्छ, त्यो महान बलिदानलाई बिर्सेको दिन यो भवन आफैं ढल्नेछ,” उहाँको भनाइ थियो।

 
 
मंगलबार, २९ बैशाख २०८३, १४ : ५६

प्रतिक्रिया