काठमाडौं– बुधबार सेयर बजार परिसूचक घटेर कारोबार बन्द भएको छ । अघिल्लो दिन पनि घटेको बजार आज पनि घटेको हो ।
आज सेयर बजार परिसूचक ४.१५ अंकले घटेर २७४०.२५ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १७६ कम्पनीको सेयर मूल्य घटेको छ भने ८२ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै आज १२ कम्पनीहरुको सेयर मूल्य स्थिर रहेको छ ।
आज सेन्सेटिभ इन्डेक्स ०.७० अंकले घटेर ४६७.५५ विन्दुमा पुगेको छ । त्यस्तै आज सेयर बजारमा १३ उपसूचकमध्ये ११ वटाको मूल्य घटेको छ भने २ वटाको मूल्य बढेको छ ।
परिसूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । आज सेयर बजारमा २ अर्ब ८० करोड ७४ लाख ४६ हजार ३६१ रुपैयाँ कारोबार भएको छ । आज ३३९ कम्पनीका ५६ लाख ४३ हजार २८८ कित्ता सेयर ४२ हजार १७६ पटक खरिद बिक्री हुँदा २ अर्ब ८० करोड ७४ लाख ४६ हजार ३६१ रुपैयाँको कारोबार भएको छ ।
प्रतिक्रिया