अपडेट

१० अंकले घट्यो सेयर बजार, ३ अर्बको कारोबार

विहीबार, ३१ बैशाख २०८३, १५ : ५०

काठमाडौं- आज (बिहिबार) सेयरबजारमा गिरावट आएको छ । आज नेप्से सूचक १०.०७ अंकले घटेर २,७३०.१७ बिन्दुमा बन्द भएको छ, जुन ०.३६ प्रतिशतको गिरावट हो।

Screenshot 2026-05-14 155142

आज कुल ३ अर्ब २९ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ भने करिब ७९ लाख ५८ हजार कित्ता शेयर किनबेच भएका छन्। बजारमा घटेका कम्पनीहरूको संख्या १७४ पुगेको छ भने ८० कम्पनीका शेयर मूल्य बढेका छ र १४ कम्पनी स्थिर रहेको छ । 

आज युनियन हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ९.७९ प्रतिशत बढेको छ । त्यस्तै क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको ९.२२ तथा सामुदायिक लघुवित्तको २.५० प्रतिशतले बढेको छ ।

त्यसैगरि एसियन हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ९.८९ प्रतिशत घटेको छ। त्यस्तै हिमालयन रिइन्स्योरेन्सको ७।.१२, नारायणी डेभलपमेन्ट बैंकको ५.९१, रिजलाइन इनर्जीको ४.७४ र भुजुङ हाइड्रोपावरको ४.३४ प्रतिशत मूल्य घटेको छ ।

आज धेरै कारोबार भएका कम्पनीमा हिमालयन रिइन्स्योरेन्स, साहस ऊर्जा, एसवाई प्यानल, युनियन हाइड्रोपावर र माउन्टेन इनर्जी रहेको छ । 

 
 
विहीबार, ३१ बैशाख २०८३, १५ : ५०

प्रतिक्रिया