काठमाडौं- साताको दोस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक गिरावट भएको छ । आज नेप्से परिसूचक ६.५१ अंकले घटेर २७२४.३९ बिन्दुमा कारोबार बन्द भएको छ । जुन जुन ०.२३ प्रतिशतको गिरावट हो।
आज कुल ७८ लाख, १६ हजार, ४ सय ७८ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ३ अर्ब, ८ करोड, ७७ लाख, ३० हजार, ९ सय ६२ रुपैयाँ पुगेको छ । कारोबार भएका कम्पनीहरूमध्ये ११३ ओटाकम्पनीको शेयर मूल्य बढेको छ भने १४५ ओटा कम्पनीको शेयर मूल्य घटेको छ र १२ ओटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
आज सबैभन्दा बढी कारोबार सिटी होटल लिमिटेडको भएको छ । जसको कारोबार रकम २३ करोड, ५३ लाख, ३५ हजार, ६ सय ५३ रुपैयाँ पुगेको छ । त्यसैगरि ९ करोड, १६ लाख, ३५ हजार, ९ सय १० रुपैयाँ सहित साहस ऊर्जा लिमिटेड दोस्रो स्थानमा रहेको छ भने अंखु खोला जलविद्युत कम्पनी लिमिटेड ८ करोड, ६८ लाख, ३३ हजार, ३ सय ६७ रुपैयाँको कारोबार रकम सहित तस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया