राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नै पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह ‘बालेन नेतृत्वको सरकार पाँच वर्षको निम्ति गठन भएको दोहर्याउँदै आएका छन्, तर लामिछानेको भारत भ्रमणसँगै किन सरकारको भविष्यप्रति संशय प्रकट गर्न थालिएको छ ?
भारतका लागि नेपालका पूर्वराजदूत तथा राजनीतिशास्त्रका प्राध्यापक लोकराज बराललाई भारतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई गरिएको स्वागत ‘अभूतपूर्व’ लागेको छ।
गत चुनावमा अन्य दलको खराब अवस्था र नयाँ जनादेशसहित नयाँ पुस्ताले चलाएको पार्टी भएकाले रास्वपासँगको सम्बन्ध राम्रो बनाउन लामिछानेलाई दिल्लीमा महत्त्व दिएको उनको बुझाइ छ। ‘तर बाहिर देखाउने गरी प्रदर्शन गरेरै जसरी स्वागत गरियो, यो अभूतपूर्व हो’ प्राध्यापक बरालले भने, ‘अरू नेताको पनि स्वागत गरिन्थ्यो तर यसरी गरिएको यो पहिलोपल्ट हो।’
कर्मचारीतन्त्रको तालमेल कस्तो ?
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत उच्च अधिकारीहरूले महत्त्वका साथ लामिछानेसँग भेटवार्ता गरेका छन्।
मोदीले ‘लामिछानेसँग भेट्न पाउँदा अत्यन्तै खुसी लागेको’ बताएका छन्।
‘एक साझा र समृद्ध भविष्यका लागि मिलेर काम गर्ने वहाँको चाहनालाई म स्वागत गर्दछु र त्यसमा पूर्ण रूपमा सहमत छु’ प्रधानमन्त्री मोदीले भेटवार्ताको फोटो राख्दै सामाजिक सञ्जाल ‘एक्स’मा नेपाली भाषामा लेखेका छन्, ‘हाम्रो छिमेकी पहिलो नीतिअन्तर्गत नेपाल प्राथमिकतामा रहेको साझेदार हो र हामी दुई देशबीचको विशिष्ट एवम् बहुआयामिक सम्बन्धलाई थप उचाइमा पुऱ्याउन नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौँ।’
बालेनले गुमाएको अवसर ?
लामिछानेको भ्रमणलाई प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को ‘कूटनीतिक कडाइ’सँग जोडेर हेरिएको छ।
त्यसैले दिल्लीमा नेपाली नेताको स्वागत गरिँदा उनकै दलको सरकारको भविष्यप्रति संशय व्यक्त भएको पाइन्छ।
आचार्यले लामिछानेको भ्रमणमा राजदूतावासमार्फत् सरकारले नै सहयोग गरेको टिप्पणी गरे।
आशंका भएको भए चाहिँ उपाध्यायका भनाइमा लामिछानेको भ्रमण टार्न वा प्रधानमन्त्रीको एक जना विश्वासपात्र मन्त्री पनि पठाउन सकिन्थ्यो।
‘नेपालले हामीलाई बेवास्ता गर्न खोज्यो, बोलाउँदा पनि (प्रधानमन्त्री) आएनन् (भन्ने भारतको बुझाइ हुन सक्छ)’ उपाध्यायको विश्लेषण छ, ‘त्यो इगोको उनीहरू (भारत) ले भरपुर उपयोग गर्छन्, उपयोग हुने नहुने हाम्रो कुरा हो ।’
प्राध्यापक बरालले प्रोटोकलमा बढी नै सजग बन्दा प्रधानमन्त्री बालेनले ‘अलिकति गुमाएको ’बताए। उनको सङ्केत विभिन्न देशका पाहुनाहरूसहित भारतीय विदेशसचिवसँग नभेट्ने बालेनको ‘कूटनीतिक कडाइ’तर्फ थियो।
‘जति बेला जोसुकैसँग पो नभेट्ने हो, त्यसैले नेपालजस्तो देशले प्रोटोकलमा धेरै सजग भएर पनि हुँदैन’ बरालले भने, ‘त्यसैले भारतले नेपालको प्राथमिकता के हो भन्नेबारे (रवि लामिछानेमार्फत्) समन्वय गर्न खोजेको हो।’
बरालका भनाइमा‘बालेनका कारण उत्पन्न कूटनीतिक अवरोध’ (लामिछाने भारत गएर) सपार्ने काम भइरहेको छ।
रवि लामिछानेः सरकारका सारथि कि संकटका सूत्रधार ?
कतिपयले त बालेनको विकल्पमा लामिछानेको‘तयारी’ भनेर उनको भारत भ्रमणलाई अर्थ्याएको पाइन्छ।
‘चाहे जसको भरमा होस्, जुनसुकै पार्टीबाट होस्, एउटा मधेशी प्रथम पटक नेपालको प्रधानमन्त्री बनेको छ, तर बडो ऐतिहासिक तामझामको मञ्चन गरेर उसको विकल्प खडा गर्ने र अरू मधेशी नेतालाई झैँ उसलाई पनि दुर्दिन र हैसियत देखाइदिने षडयन्त्र बुनिँदै छ ।’,जनमत पार्टीका अध्यक्ष सीके राउतको सचिवालयले मधेशी नेतालाई आजसम्म स्थापित हुन नदिइएको उल्लेख गर्दै फेसबुकमा लेखेको छ, ‘दुर्भाग्यले अब निसानामा बिचरा मधेशी प्रधानमन्त्री हुनुहुन्छ।’
‘चलाउने होइन, दापभित्र राख्ने खुकुरी’ संविधान संशोधन गर्न रास्वपालाई कस्तो अवसर, रास्वपा पुराना राजनीतिक नियुक्तिबारे ‘कठोर’ हुने संकेत, बालेनको चासो कस्तो?
उनको अभिव्यक्तिलाई अतिवादी ठान्नेहरू पनि छन्। पूर्वराजदूत आचार्य उक्त षड्यन्त्रमा विश्वास गर्दैनन्।
‘बदमासले त अँध्यारोमा चाल लग्छ, षड्यन्त्र नै गर्ने भए भ्रमण नै रोज्न आवश्यक हुँदैनथ्यो नि ?’,उनी भन्छन्, ‘यसमा त सम्बन्ध विस्तारको अभिप्राय देख्छु।’
प्राध्यापक बराल लामिछानेको भ्रमणले बालेन सरकारको निम्ति संवादको अवसर खुला भएको ठान्छन्।
बालेनको विकल्पमा रवि लामिछानेलाई स्वीकार गर्न तयार रहेको संकेत भारतले दिएको अर्थ लगाउनुलाई उनी अस्वाभाविक मान्दैनन्।
‘अर्थ त विभिन्न थरीले लगाउने गरेकै हुन्छन्, कुरो र कुलो जता लगाए पनि हुन्छ, तर रवि लामिछानेले पार्टी बनाएको र लोकप्रिय भएरै दुईदुई पटक चुनाव जितेको पनि हो नि,ू उनी भन्छन्, ‘त्यसैले भारतले नयाँ शक्तिसँग सम्बन्ध बनाउन चाहेको देखिन्छ ।’
उनले लामिछाने फर्किने दिन नै परराष्ट्रमन्त्री शिशिर खनालको भारत भ्रमण निर्धारित भएको सन्दर्भ प्रस्तुत गर्दै भारतीय विदेशसचिवको (रोकिएको भनिएको) भ्रमण हुन सक्ने आकलन गरेका छन्।
द्विपक्षीय राजनीति र कूटनीतिक संवाद बढ्दै गएमा त्यसले रास्वपाको सरकारले प्राथमिकता दिएका विषयहरूमा भारतसँग छलफलले गति लिने विश्वास भारतका लागि नेपालका पूर्वराजदूत शंकर शर्माको छ।
‘दुई देशका विभिन्न तहमा रहेका संयन्त्र र संरचना पनि महत्त्वपूर्ण त हुन्छन्, तर सचिव, मन्त्री र प्रधानमन्त्री तहको भ्रमण अलि महत्त्वपूर्ण हुन्छ । शर्मा भन्छन्, ‘त्यसैले नेपालले गृहकार्य गरेर उठाउनुपर्ने र सम्बोधन गर्नुपर्ने विषयहरूको पहिचान गर्नुपर्छ।’
बालेन र रवि लामिछानेको राजनीतिक अंकमाल कति कसिलो ?बालेन सरकार संविधान संशोधनको ‘अप्ठेरो अभ्यासतर्फ अग्रसर’
लामिछाने सरकारको निम्ति संकटको सूत्रधार वा थप बलियो बनाउने गरी सारथी बन्छन् भन्ने कुरा रास्वपाभित्रको आन्तरिक विश्वासमा निर्भर हुने कतिपयको बुझाइ पाइन्छ। उनीहरू जटिल मुद्दा र विषयमा जनमतलाई अनुकूलतामा परिवर्तन गर्ने गरी बोल्ने कला लामिछानेमा रहेको ठान्छन्।
बीबीसी न्यूज नेपाली
प्रतिक्रिया