काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नुवाकोटको प्रथम जिल्ला अधिवेशनबाट सभापति पदमा रामेश्वर गजुरेल निर्वाचित भएका छन् । गजुरेलले २५७ मत प्राप्त गरेर सभापति पदमा निर्वाचित भएका हुन् ।
शनिवार सम्पन्न अधिवेशनमा गजुरेलका निकटतम प्रतिद्वन्द्वीहरू शरण महतले ३४ मत, राजु प्रसाद लामिछानेले २८ मत ल्याउँदा उम्मेदवारी फिर्ता गरेका दामोदर नेपालको नाममा पनि १ मत प्राप्त भएको थियो ।
त्यसैगरी, उपसभापति पदमा कृष्ण लाल श्रेष्ठ १७३ मत प्राप्त गर्दौ निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धीहरु सुनिमा थिङ तामाङले ८४ मत, उमेश पाठक २३ र नारायण भण्डारीले २० मत प्राप्त गरे ।
त्यस्तै सचिव पदमा १९४ मत प्राप्त गरी बसन्त धिताल निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी शिवराज लामिछानेले ११६ मत प्राप्त गरे ।
जिल्ला सदस्यहरूमा छेपोन तामाङ, लक्ष्मी पाण्डे, जानुका सापकोटा, राधिका रिमाल, विपना पाण्डे, सुवास भण्डारी निर्वाचित भएका छन् भने गोकर्ण रोक्का निर्विरोध निर्वाचित भए ।
प्रतिक्रिया