काठमाडौं- आज बुधबार नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १४.४५ अंकले घटेर २ हजार ६ सय ६० विन्दुमा बन्द भएको छ। जुन ०.५४ प्रतिशतको गिरावट हो।

आज ४ अर्ब ४१ करोड ८६ लाख ७ हजार ४ सय ८६ रुपैयाँ शेयर कारोबार भएको छभने १ करोड ७ लाख ७७ हजार ५ सय ८२ कित्ता शेयर किनबेच भएका छन्।
आजको कारोबारमा ६४ कम्पनीको शेयर मूल्य बढ्दा २ सय कम्पनीको शेयर मूल्य घटेको छ र १० कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ।
आज सबैभन्दा बढी कारोबार हुने कम्पनिमा अंख ुखोला जलविद्युत कम्पनी लिमिटेड रहेको छ। जसको कारोबार रकम २९ करोड ६२ लाख ३३ हजार २ सय ६९ रुपैयाँ रहेको छ। दोस्रोमा सोपान फार्मास्यूटिकल्स लिमिटेड रहेको छ। जसको कारोबार रकम ९१७ करोड २२ लाख ७१ हजार ८ सय ८० रुपैयाँ रहेको छ। त्यसैगरि ११ करोड ८२ लाख ६ हजार ८ सय ११ रुपैयाँ कारोबार सहित युनाइटेड मोदी हाइड्रोपावर लिमिटेड तेस्रो स्थानमा रहेको छ ।
प्रतिक्रिया