नेपाल स्टक एक्सचेञ्ज

नेप्सेका सीईओ चूडामणि चापागाईंले दिए राजीनामा, अर्थमन्त्रीसमक्ष बुझाए पत्र

सोमबार, २२ असार २०८३, १३ : ३६

काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चूडामणि चापागाईंले पदबाट राजीनामा दिएका छन्।

चापागाईंले सोमबार अर्थ मन्त्रालय पुगेर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसमक्ष आफ्नो राजीनामा पत्र बुझाएका हुन्।

राजीनामाबारे पुष्टि गर्दै चापागाईंले व्यक्तिगत कारणले पद छाड्ने निर्णय गरेको बताए।

“हो, मैले आज पदबाट राजीनामा दिएको हुँ। अन्य कुनै कारण होइन, यो व्यक्तिगत निर्णय हो,” उनले भने।

नयाँ सरकार गठन भएपछि नेप्सेका तत्कालीन अध्यक्ष हेमन्त बस्यालले पनि पदबाट राजीनामा दिएका थिए। चापागाईं २०८१ चैत १९ गते नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका थिए।

चापागाईंको राजीनामासँगै अब नेप्सेको नेतृत्व र नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्तिको प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।

सोमबार, २२ असार २०८३, १३ : ३६

प्रतिक्रिया