अपडेट

साताको पहिलो कारोबारमै नेप्से २६.२९ अंकले घट्यो, सबै उपसमूह राताम्मे

सोमबार, २२ असार २०८३, १५ : २२

काठमाडौं- साताको पहिलो कारोबार दिन सोमबार नेपाली सेयर बजार ओरालो लागेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार नेप्से परिसूचक २६.२९ अंकले घटेर २६२७.११ विन्दुमा कायम भएको छ।

आज कारोबारमा आएका सबै १३ उपसमूहका सूचकहरू घटेका छन्, जसले बजारमा व्यापक बिक्री दबाब रहेको संकेत गरेको छ।

यद्यपि केही कम्पनीका लगानीकर्ताले उल्लेखनीय नाफा कमाएका छन्। स्नो रिभर्स, सानिगढ हाइड्रो र कालङ्गा हाइड्रोपावरको सेयर मूल्य क्रमशः १४.९९ प्रतिशत, १४.९९ प्रतिशत र १४.९८ प्रतिशतले बढ्दै सकारात्मक सर्किट लागेको छ।

यता, थ्रीस्टार हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी घाटा बेहोरेका छन्। कम्पनीको सेयर मूल्य १३.७९ प्रतिशतले घटेको छ।

सोमबार कुल ३५६ कम्पनीका ७५ लाख ४० हजार ४१८ कित्ता सेयर खरिद–बिक्री हुँदा ३ अर्ब ५५ करोड ७९ लाख ८१ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ।

सोमबार, २२ असार २०८३, १५ : २२

प्रतिक्रिया