अपडेट

देउवा पुत्र जयवीरमाथि सम्पत्ति शुद्धीकरणको अनुसन्धान, सात दिनभित्र उपस्थित हुन निर्देशन

मंगलबार, २३ असार २०८३, ०९ : १९

काठमाडौं– सम्पत्ति शुद्धीकरण विभागले नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवालाई सात दिनभित्र उपस्थित हुन निर्देशन दिँदै पुर्जी जारी गरेको छ।

विभागले बुढानीलकण्ठस्थित देउवा निवासमा समेत टाँसिएको पुर्जीमा सम्पत्ति शुद्धीकरणसम्बन्धी जाँचबुझका क्रममा केही विषयमा बयान तथा स्पष्टीकरण आवश्यक रहेको उल्लेख गर्दै सात दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको हो।

यस अघि देउवा र उनकी पत्नी आरजु राणा देउवा विरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पक्राउ पुर्जी जारी गरिसकेको छ । यद्यपि, देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

गैरकानुनी सम्पत्ति आर्जनको अनुसन्धानको सिलसिलामा देउवा र उनकी पत्नी आरजु विरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पक्राउ पुर्जी जारी गरेको हो ।

deuba putra

deuba putra

मंगलबार, २३ असार २०८३, ०९ : १९

प्रतिक्रिया