कमलादी–दरबारमार्ग क्षेत्र

तीनधारा मार्ग एकतर्फी किन ? समाधानको बाटो के होला ?

सोमबार, २९ असार २०८३, १३ : ५०

काठमाडौं- काठमाडौं नेपालको आर्थिक, प्रशासनिक तथा ब्यबसायिक केन्द्र हो । काठमाडौंको मुटु दरबारमार्ग , दरबारमार्ग र कमलादीको सिमाना सडक तिन धारा मार्ग विगत केही समयदेखि एकतर्फी सञ्चालनमा आउँदा स्थानीयवासी, पेसाकर्मी, व्यापारी, विद्यार्थी तथा सवारी प्रयोगकर्ताहरू आक्रोशित बनेका छन् । सबैको एउटै स्वर छ ट्राफिक व्यवस्थालाई चुस्त बनाउन , जामको न्यूनीकरण गर्न ,बटुवाहरूलाई सहज हिँडडुल गर्न यो नियम लगाएतापनी अझ बढी जाम तथा दुर्घटना बढेको ट्राफिक प्रहरी नै बताउँछन् । 

बिहान बाटो खाली र एकतर्फी हुँदा ओभर स्पिडमा कुदाउँदा दुर्घटना भएको देखिन्छ भने दिउँसो जाममा बस्दा बस्दा दिक्क लागेर वा चाँडो गन्तव्यमा पुग्ने होडले फुटपाथमा दुई पाङग्रे सवारी चलाउँदा विशेष गरी केटी मान्छेलाई हिँड्न गाह्रो लगायत उतसृङखल् व्यवहार समेत बढेको भन्दै पैदल यात्रीले धेरै गुनासो गर्ने गरेको ट्राफिक प्रहरी बताउँछन्, के गर्ने हाम्रो क्षेत्राधिकारमा पर्दैन यो एकतर्फी नियम फेरबदल गर्न उनीहरू भन्छन् । 

स्थानीय भन्छन् पहिला यो बाटो कमलादी गणेश मन्दिर, प्रज्ञा बनको पश्चिम तर्फको बाटो हुँदै रोयल सिङ्गी होटेल, राइजिङ्ग मल हुँदै महेन्द्रको सालिकबाट त्रिचन्द्र कलेज तिर मोडिदा केही कति सहज थियो । पहिला पो पेट्रोल पनि अलि सस्तो थियो , अहिले सरकार पेट्रोलियम पर्दाथको कम उपभोग गरौँ भनी विज्ञप्ति निकाल्छ, व्यापारिक हब कै कारण यस क्षेत्रमा भएका क वर्गका सबै जसो बैकको मुख्य तथा शाखा कार्यालयहरू, वित्तीय संस्थाहरू होटेल, रेस्टुरेन्ट, गाडी तथा विभिन्न ब्रान्डका शोरुमहरु ,व्यापारिक प्रतिष्ठान तथा सेवा क्षेत्रको प्रमुख गन्तव्यको रूपमा यही क्षेत्रमा रहेको छ, समाधानको लागि कसलाई गुहार्ने ? उनीहरू आक्रोश व्यक्त गर्छन् । हामीलाई नै नसोधी एकलौटी तरिकाले बाटो एकतर्फी बनाए । यती जाम हुन्छ नि तपाई एक छिन उभिएर हेर्नुस् एम्बुलेन्स, सववाहन, पानीको गाडी, स्कुल बच्चाको गाडी जाममा रोकिएको देख्नहुन्छ । गर्मीको महिना छ कठै कति पाके होलान् उनी व्यङ्ग गर्छन् । अझ उनको रिस त काठमाडौं महानगरपालिका र ट्राफिक प्रहरीमा देखिएको असमन्जस्यतामा छ । चिट काट्न देख्ने/जान्ने, बिरामी असक्तलाई परेको मर्का कसले कसरी बुझ्ने ? लाचारी हुँदै उनीहरू बताउँछन् । 

बैङकर केशव सापकोटा भन्छन्, यसरी दुःख पाएको ,जाममा बस्न परेको यही नजिकैको कामनपाका हाकिमहरूले देख्दैनन् भन्या ? स्थानीयहरू धेरै पटक वडामा गुनासो गर्न गए भन्ने पनि सुनेको छु, बाटोमा गएर धर्ना दिने,  पत्रकार सम्मेलन गरेर यहाँको बेथिति उजागर गर्नुपर्ने उनी थप्छन् । अचम्म हेर्नुस् त महेन्द्रको सालिक अगाडी बेरिएर (काँडे तार) लगाएर राखेका छन् ट्राफिक प्रहरीहरूले त्यति हटाएर सवारी आवतजावत गर्न दिए के हुन्थ्यो ? बिहान ९ बजेको समयबाटै जाम हुन्छ । आषाढ महिनामा वा पौषमा व्यवसाय दर्ता गर्नु भो ? नवीकरण गर्नु भो ? जरिवानामा पर्नु होला नि ? भन्दै हामीलाई सम्झाउन महानगरका प्रतिनिधि , संघीय सरकारका कर्मचारी तथा बैकका कर्मचारी आइपुग्छन् तर हामीले व्यापार गर्ने वातावरणको अवस्था कस्तो छ उहाँहरूलाई के वास्ता ? हाम्रो मर्का ,सुन्न समेत चाहँदैनन् ।

स्थानीय बासिन्दाहरूका अनुसार उहाँहरू यस समस्याको समाधानको लागि वडा नं १ तथा वडा नं २८ का वडा अध्यक्ष तथा सचिवसँग बारम्बार औपचारिक बार्तागरी निकास निकाल्न बस्दा उहाँहरूबाट समेत यस विषयलाई गम्भीर रूपमा लिएको भन्नुहुन्छ लिखित रूपमै कामनपाको केन्द्रीय कार्यालयमा समेत ध्यानाकर्षण गराएको विषयमा समेत आजसम्म सुनुवाइ नहुनु अचम्म मान्नुहुन्छ । यस विषयमा कामनपाका कार्यवाहक मेयर सुनिता डंगोललाई भेट्न जाँदा उहाँको सचिवालयबाट समय उपलब्ध नगर्दा भेट हुन पाएको छैन, कोसिस जारी छ नभए स्थानीय चुनाव त आइहाल्ला नी ? हामी लाचार बन्यौ , अर्का स्थानीय थप्छन् । 

हाम्रो प्रत्येकको घरको कोठाहरू खाली छन् , व्यापार नभएपछि ,नचलेपछि व्यापारी सम्पर्कमा आउन छोडे घरको कोठामा उनीहरूले ताल्चा लगाएर हिँडेका छन् । सम्पर्कमा नआएपछि कोठा खोल्न पुलिस प्रशासनलाई गुहार्दा स्थानीय सरकारलाई भन्नुस् भन्दा रैछन , स्थानीय सरकारलाई गुहार्दा भाडा कहिले देखि लगाको ? कति भाडामा दिएको ,प्रमाण के राख्नु भएको छ ? भनेर उल्टो कर तिर्न लगाउँदा रैछन , सुगर प्रेसर लगायतका धेरै दिर्घरोग छ आफ्नै उपचार लगायत बच्चाहरूको रेखदेख गर्न सकिएको छैन , आय श्रोत पनि यही भाडा बाहेक अरू छैन , कसरी जीवन धान्ने होला धेरैको पिडा यस्तै रहेछ ।

अर्का नाम बताउन नचाहने व्यापारी भन्छन् यो भेगबाट मात्र स्थानीय सरकार वा भनौँ संघीय सरकारले करोडौँ कर उठाइरहेका छन् । हाम्रो पैसा हाम्रै दैनिकी  सुविधा, आबश्यक्तामा खर्च गर्ने सरकारको नीति नियम नै हो । मेरो व्यापार घाटाका कारण मैले केही कर्मचारी हटाए, ती मध्ये २ जना त पारिवारिक जिम्मेवारी उठाउने पो रैछन, तिनका परिवार तिनमा आश्रित रैछन कस्तो बिचल्ली भयो ? केही त अन्य काम नपाएर लागु औषध दुर्व्यसनी भएछन् , समाजमा यसले कस्तो प्रभाव पार्ला ? के यो दायित्व नीति बनाउने को होइन ? कर चुक्ता र व्यवसाय दर्ता हेर्न आउने जान्ने आफ्नो एक निर्णयले समाजमा कति प्रभाव पार्छ ,के यो दायित्व नीति नियम बनाउने को होइन ? उनीहरू प्रति प्रश्न गर्छन् । 

समाधान कसरी गर्ने भनेर ट्राफिककोमा गयो हाम्रो क्षेत्र होइन भनेर पन्छिदारेछन् । यस कार्यको मुख्य सुत्राधार कामनपामा ट्राफिक विज्ञको पदमा जगतमान श्रेष्ठलाई भित्राएपछि भएको देखिन्छ । उनकै पहलमा यो बाटो एकतर्फी भएको रहेछ , यस विषयमा कुरा गर्न जाँदा उहाँले हामीलाई धेरै दिन त भेट नदिएर कुराउनु भयो स्थानीय सम्झन्छन् जब भेट दिनु भयो हाम्रो कुरा सुन्न मनासिब सम्झनु भएन र आफ्नो कार्यको दिल खोलेर प्रशंसा गर्नुभयो । अहिले सवारी जाम घटेको छ , ट्राफिक लाइटमा केही क्षण जाम देखिएको हो भनेर प्रतिप्रश्न गर्दा एम्बुलेन्स, सबबाहन, लगायतका अत्यावश्यक सवारी साधन जाममा परेको फोटो देखाएपछि आफ्नो वाक्यलाई सच्याउनु भयो । फर्केका एक स्थानीय आक्रोश पोख्छन् पहिलाको मेयर तथा हालका प्रधानमन्त्री बालेन्द्र शाहको पालामा नियुक्ति भएको रैछ , काम देखाउनको लागि तीन ठाउँमा एकतर्फी गरेको रहेछ, अहिले हात लाग्यो शून्य काम गर्न सकेको रहेनछ सबैतिर नै गुनासो रहेछ अर्का स्थानीय बताउँछन् । 

यो एउटा निकै गम्भीर विषय हो, ट्राफिक व्यवस्थापन कुनै पनि आधुनिक सहरको अपरिहार्य आबश्यक्ता हो तर यसो भन्दैमा कुनै पनि योजना कार्यान्वयन गर्दाको क्रममा त्यसको प्रत्यक्ष असर वा प्रभाव स्थानीय अर्थतन्त्रमा, व्यवसायमा, सर्वसाधारणको सहज आवतजावतमा तथा सेवाग्राहीमा कस्तो असर पर्छ भन्ने विषयलाई पनि उत्तिकै गम्भीरताका साथ मनन गर्नपर्छ ,सस्तो व्यवस्थापनको नाममा आर्थिक गतिविधि शून्य बनाउने नीतिको समयमै समीक्षा गर्नु लोकतान्त्रिक शासन प्रणालीको समेत दायित्व हो ।

ट्राफिक व्यवस्थापन र आर्थिक गतिविधि एक अर्काका प्रतिस्पर्धी होइनन् परिपूरक हुनुपर्छ । सडक नागरिकका लागि हो नागरिक सडकका लागि होइन त्यसैले कुनै पनि ट्राफिक नीति लागु गर्दा त्यसबाट नागरिक, व्यवसायी, पर्यटक, सार्वजनिक यातायात तथा स्थानीय समुदाय सबैलाई हुने प्रभावलाई समान महत्त्व दिनुपर्छ । सम्बन्धित निकायले कमलादी–दरबारमार्ग क्षेत्रको एकतर्फी सडक व्यवस्थापनबारे तत्काल सरोकारवाला सँग खुल्ला संवाद सुरु गर्नुपर्छ । ट्राफिक प्रहरी, काठमाडौँ महानगरपालिका, व्यवसायी, यातायात विज्ञ, स्थानीय बासिन्दा तथा नागरिक समाजलाई एउटै मञ्चमा राखी दीर्घकालीन समाधानको बाटो खोज्न पर्छ । काठमाडौँको व्यस्त व्यापारिक तथा प्रशासनिक क्षेत्रमा यसरी हचुवाको भरमा सबै पक्षको राय सल्लाह बिना एकतन्त्रिय ढंगबाट गरेको निर्णय अवश्य पनि सर्वमान्य नहुन सक्छ यस्ता जनविरोधी कार्य बन्द गर्न पर्छ र नियम सच्याउन पर्छ । केही समयको लागि भए पनि दोहोरो मार्गको सञ्चालन गरी सबै मिलेर दीर्घकालीन समाधान निकाल्न ढिला गर्नु हुँदैन ।

सोमबार, २९ असार २०८३, १३ : ५०

प्रतिक्रिया