राष्ट्रिय मुक्ति पार्टी नेपालमा सामूहिक राजीनामा

शुक्रबार, ०२ असोज २०८३, १३ : १४

काठमाडौं - तराई मधेशमा सक्रिय राजनीतिक दल राष्ट्रिय मुक्ति पार्टी नेपालका महासचिवसहित नौ जना केन्द्रीय पदाधिकारी तथा सदस्यहरूले पार्टीबाट सामूहिक राजीनामा दिएका छन्।
 काठमाडौँको शान्तिनगरस्थित पार्टीको केन्द्रीय कार्यालयमा पत्र बुझाउँदै उनीहरूले आजैका मितिदेखि लागू हुने गरी पार्टीको साधारण सदस्यसमेत नरहने गरी सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएका हुन्।
राजीनामा दिनेहरूमा महासचिव केशव कुमार झा र केन्द्रीय सदस्यहरू चन्द्रानन्द मिश्र, पंकज कुमार देव, हिरालाल मण्डल, अनुपम झा, रिषिका जलान, कुमारी तामाङ, ललन मिश्र र शैशव राजु रहेका छन्।
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालका महासचिवसहित नौ जना केन्द्रीय पदाधिकारी तथा सदस्यहरूले सामूहिक राजीनामा दिएका हुन्। 

राजीनामा दिनेहरूमा पार्टीका महासचिव केशव कुमार झा रहेका छन्। त्यसैगरी केन्द्रीय सदस्यहरू चन्द्रानन्द मिश्र, पंकज कुमार देव, हिरालाल मण्डल, अनुपम झा, रिषिका जलान, कुमारी तामाङ, ललन मिश्र र शैशव राजुले पनि सामूहिक रूपमा राजीनामा पत्रमा हस्ताक्षर गरी आफ्नो जिम्मेवारी त्यागेका हुन्। 

राजीनामा पत्रमा भनिएको छ, ‘हामी तपशीलमा उल्लेख भएका पार्टीका केन्द्रीय पदाधिकारी तथा सदस्यहरू आजैको मितिदेखि लागू हुने गरी पार्टीको साधारण सदस्य समेत नरहने गरी सम्पूर्ण जिम्मेवारीबाट राजीनामा गर्दछौँ।’ 

उनीहरूले राजीनामा पत्रमार्फत पार्टी नेतृत्व र अध्यक्षको सुखद भविष्यको कामनासमेत गरेका छन्।

शुक्रबार, ०२ असोज २०८३, १३ : १४

प्रतिक्रिया