काठमाडौं- जिली अटो ग्रुपअन्तर्गतको विद्युतीय सवारी ब्रान्ड रिडाराले चाडपर्वलाई लक्षित गर्दै ‘फेस्टिभ एडभेन्चर्स अवेट’ अभियान सार्वजनिक गरेको छ। अभियानअन्तर्गत रिडारा इकोन इलेक्ट्रिक पिकअप खरिद गर्ने ग्राहकले पक्का उपहारसँगै बम्पर पुरस्कार जित्ने अवसर पाउनेछन्।
अभियान अवधिभर रिडारा इकोन खरिद गर्ने प्रत्येक ग्राहकले नथिङ फोन ए४ प्रो पक्का उपहार प्राप्त गर्ने कम्पनीले जनाएको छ। त्यस्तै, एक भाग्यशाली ग्राहकले बम्पर पुरस्कारस्वरूप हिरो एक्सपल्स प्रो मोटरसाइकल जित्ने अवसर पाउनेछन्।
चाडपर्वको यात्रालाई सहज, आरामदायी र रोमाञ्चक बनाउने उद्देश्यले अभियान ल्याइएको कम्पनीको भनाइ छ। दैनिक आवागमनदेखि व्यावसायिक तथा साहसिक यात्राका लागि तयार गरिएको रिडारा इकोनमा आधुनिक विद्युतीय प्रविधि, उपयोगिता र कार्यक्षमताको संयोजन रहेको कम्पनीले जनाएको छ।
रिडारा इकोन ४×४ मा २२५ मिलिमिटरको न्यूनतम ग्राउन्ड क्लियरेन्स, ४८५ एनएम टर्क र १ हजार २३५ किलोग्रामसम्मको भारवहन क्षमता रहेको छ। यसका कारण सहरी सडकदेखि राजमार्ग, उकालो बाटो तथा कठिन भूभागमा समेत प्रयोग गर्न सकिने कम्पनीको दाबी छ।
सुरक्षा र टिकाउपनलाई समेत प्राथमिकता दिइएको रिडारा इकोनमा ब्याट्री सुरक्षाका लागि विभिन्न प्रविधि तथा धुलो र पानीबाट सुरक्षा प्रदान गर्ने आईपी६८ स्तरको ब्याट्री प्याक रहेको छ। फराकिलो क्याबिन, आकर्षक डिजाइन र उपयोगी कार्गो स्पेसका कारण यो व्यक्तिगत तथा व्यावसायिक दुवै प्रयोजनका लागि उपयुक्त रहेको कम्पनीले जनाएको छ।
‘फेस्टिभ एडभेन्चर्स अवेट’ अभियान असोज ६ गतेदेखि कात्तिक २९ गतेसम्म सीमित अवधिका लागि सञ्चालन हुनेछ। अभियानमा नियम तथा सर्तहरू लागू हुनेछन्।
थप जानकारीका लागि ग्राहकले ९८०२३४१८२० वा ९७०७०९४१८६ मा सम्पर्क गर्न वा नजिकैको आधिकारिक रिडारा शोरुममा जान सक्नेछन्।
प्रतिक्रिया