CHERY Q नेपालमा औपचारिक रूपमा सार्वजनिक

शुक्रबार, २० कार्तिक २०८३, १२ : २०

काठमाडों- नेपालका लागि CHERY गाडीहरूको आधिकारिक वितरक Pioneer Moto Corp Pvt. Ltd. ले आफनो नयाँ विद्युतीय क्रसओभर CHERY Q नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक गरेको छ। आधुनिक प्रविधि, प्रिमियम आराम र अत्याधुनिक सुरक्षा सुविधासहित सार्वजनिक गरिएको CHERY Q ले नेपालको बढ्दो विद्युतीय सवारीसाधन बजारमा नयाँ आयाम थप्रे अपेक्षा गरिएको छ।

CHERY Q को लम्बाइ ४,१९५ मिमी, चौडाइ १,८११ मिमी र उचाइ १.५६८ मिमी रहेको छ भने यसको हिलबेस २,७०० मिमी रहेको छ। १७५ मिमी ग्राउन्ड क्लियरेन्स, २१ डिग्रीको अप्रोच एंगल र २६ डिग्रीको डिपार्चर एंगलले यसलाई नेपाली सडक तथा विविध ड्राइभिङ अवस्थाका लागि उपयुक्त बनाएको छ। व्यावहारिकतालाई ध्यानमा राख्दै यसमा ७० लिटर क्षमताको इलेक्ट्रिक फ्रङ्क (अगाडिको स्टोरेज) र ३७५ लिटर क्षमताको पछाडिको बुट स्पेस उपलब्ध छ, जसलाई पछाडिका सिट फोल्ड गर्दा १,४५० लिटरसम्म विस्तार गर्न सकिन्छ। आरामदायी र स्थिर ड्राइभिङ अनुभवका लागि यसमा अगाडि MacPherson Strut र पछाडि Multilink Suspension System जडान गरिएको छ।

सुरक्षाका लागि CHERY Q मा ६ वटा एयरब्याग, ५४०-डिग्री प्यानोरामिक क्यामेरा, Electronic Stability Control (ESC), Hill Assist लगायतका सुविधाहरू उपलब्ध छन्। साथे, Adaptive Cruise Control, Lane Departure Warning,Blind Spot Detection ₹ Automatic Emergency Braking लगायतका Advanced Driver Assistance System (ADAS) सुविधाहरूले ड्राइभिडलाई थप सुरक्षित र सहज बनाउँछन्।

CHERY Q मा ४१.२ kWh क्षमताको LFP ब्याट्री प्याक र Rear-Wheel Drive Permanent Magnet Synchronous Motor जडान गरिएको छ। यसको मोटरले अधिकतम ९० kW पावर र ११५ Nm टर्क उत्पादन गछ। एकपटक पूर्ण चार्ज गर्दा यसले NEDC परीक्षण चक्रअनुसार ४०० किलोमिटरसम्मको ड्राइभिङ रेन्ज प्रदान गर्ने दाबी गरिएको छ।  यसमा उपलब्ध फास्ट चार्जिङ प्रविधिमार्फत ब्याट्रीलाई ३० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न करिब १६.५ मिनेट लाग्ने कम्पनीले जनाएको छ।

24c66dc5-a848-4998-8623-6e6921fd564f

Pioneer Moto Corp Pvt. Ltd. का प्रबन्ध निर्देशकले CHERY Q को सार्वजनिक कार्यक्रममा भने, "CHERY Q को सार्वजनिकरणले नेपालमा विश्वस्तरीय अटोमोटिभ प्रविधि र स्मार्ट मोबिलिटी समाधानहरू भित्र्याउने हाम्रो प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ। अत्याधुनिक सुरक्षा सुविधाहरू, प्रिमियम आराम, स्मार्ट पार्किड प्रविधि र दैनिक प्रयोगका लागि उपयुक्त व्यावहारिकताको उत्कृष्ट संयोजनसहित CHERY Q नेपाली ग्राहकहरूको बदलिँदो अपेक्षालाई पूरा गर्न डिजाइन गरिएको छ। नवीन उत्पादनहरू प्रस्तुत गर्नुका साथे हामी देशभर आफनो पूर्वाधार विस्तार गर्दे ग्राहकहरूलाई सहज र उत्कृष्ट स्वामित्व अनुभव प्रदान गर्न निरन्तर प्रतिबद्ध छों।"

CHERY विश्वभर सन् २००३ देखि लगातार नम्बर १ यात्रुवाहक सवारीसाधन निर्यातकर्ता रहँदे आएको छ। २ करोडभन्दा बढी प्रयोगकर्ता तथा विश्वका १३० भन्दा बढी क्षेत्र र देशहरूमा आफनो उपस्थिति स्थापित गरेको CHERY ले नवीनता, गुणस्तर र अत्याधुनिक अटोमोटिभ प्रविधिमा निरन्तर अग्रणी भूमिका निर्वाह गर्दै आएको छ।

नेपालमा CHERY को उपस्थितिलाई थप सुदृढ बनाउँदे Pioneer Moto Corp Pvt.Ltd. ले आफनो देशव्यापी पूर्वाधार तथा ग्राहक सेवा सज्जाल विस्तार गरिरहेको छ। ग्राहकहरूले CHERY Q Premium लाई काठमाडोंको थापाथलीस्थित CHERY शोरुमका साथे बुटवल, विराटनगर, दाड, चितवन र बिर्तामोडस्थित शोरुमहरूमा अवलोकन तथा अनुभव गर्न सवनेछन्।

CHERY Q को सार्वजनिकरणसँगे Pioneer Moto Corp ले नेपाली ग्राहकहरूलाई नवीन प्रविधि, आराम, सुरक्षा र उत्कृष्ट मूल्यको संयोजनसहितको विद्युतीय सवारी अनुभव प्रदान गर्ने आफनो प्रतिबद्धतालाई थप सुदृढ बनाएको छ।

शुक्रबार, २० कार्तिक २०८३, १२ : २०

प्रतिक्रिया