काठमाडौं जिल्ला अदालत तिहारमा पनि खुला रहने

शुक्रबार, २० कार्तिक २०८३, १४ : ११

काठमाडौं - अन्य सरकारी कार्यालयहरु तिहारमा बन्द रहे पनि काठमाडौं जिल्ला अदालत भने खुल्ने भएको छ । कात्तिक २१ गते शनिबार र कात्तिक २५ गते भाइटिकाको दिनबाहेक अन्य दिन सेवा सुचारु रहने अदालत प्रशासनले जानकारी दिएको हो । 
अदालत स्रोतका अनुसार बिहान ११ बजेदेखि दिँउसो ३ बजेसम्म बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता, जरुरी पक्राउ पूर्जी समर्थन र उपस्थितहरुको म्याद थप, कल डिटेल्स अनुमति प्रदान, पक्राउ अनुमति प्रदान, धरौटी र जरिवाना रकम बुझ्ने लगायतका सेवा दिइनेछ । 

तिहारको अवसरमा भोलिदेखि कात्तिक २६ गतेसम्म सार्वजनिक बिदा दिइएको छ ।

शुक्रबार, २० कार्तिक २०८३, १४ : ११

प्रतिक्रिया