तीन महिलाद्वारा एउटै पुरुषलाई आफ्नो पति दाबी, विमानस्थलमै लफडा

आइतबार, २९ कार्तिक २०८३, १३ : ४४

 काठमाडौं - बंगलादेशको राजधानी ढाकास्थित शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा अनौठो दृष्य देखियो । मलेसियाबाट फर्किएका एक पुरुषलाई स्वागत गर्न पुगेका तीन महिलाबिच विवाद हुँदा कुटाकुट समेत भएको छ । 
तीनै महिलाले ती पुरुषलाई आफ्नो पति भएको दाबी गरेपछि विमानस्थलमै विवाद चर्किएको हो।

सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा तीन महिलाले ती पुरुषलाई घेरेर आफ्नो पति भन्दै आफूसँगै घर लैजान खोजेको देखिन्छ। उनीहरूबिच सुरु भएको विवाद चर्किँदै गएपछि गालीगलौज र हात हालाहालसमेत भएको थियो।

स्थानीय सञ्चारमाध्यमका अनुसार तीनै जना महिला ती पुरुषलाई लिन विमानस्थल पुगेका थिए। तर, पुरुष विमानस्थलबाट बाहिर निस्किएपछि कसले उनलाई घर लैजाने भन्ने विषयमा उनीहरूबिच विवाद सुरु भएको थियो।

भिडियोमा महिलाहरूले एकअर्कासँग चर्को स्वरमा बहस गरेको, आफ्नो दाबी प्रस्तुत गरेको र ती पुरुषलाई आफूसँगै लैजान खोजेको देखिन्छ। विवादका क्रममा एक महिला भावुक हुँदै रुन थालेकी थिइन् भने अन्य महिलाले पनि आफ्नो अधिकार दाबी गर्दै चर्को स्वरमा बोलेका थिए।

आइतबार, २९ कार्तिक २०८३, १३ : ४४

प्रतिक्रिया