मध्यपूर्व तनावको असर जापानको व्यापारमा, अक्टोबरमा अर्बौँको घाटा

बुधबार, ०२ मंसिर २०८३, १६ : ३६

काठमाडौं- जापानले सन् २०२६ को अक्टोबर महिनामा ४७६.५ अर्ब येन (करिब ३ अर्ब अमेरिकी डलर) व्यापार घाटा व्यहोरेको छ। यो लगातार छैटौँ महिनाको व्यापार घाटा हो। जापानको अर्थ मन्त्रालयले बुधबार सार्वजनिक गरेको प्रारम्भिक तथ्याङ्कले देशको आयात र निर्यात दुवैमा उल्लेखनीय वृद्धि भए पनि आयातको वृद्धिदर बढी रहेको देखाएको छ।

तथ्याङ्कअनुसार अक्टोबरमा जापानको कुल निर्यात गत वर्षको सोही अवधिको तुलनामा २०।५ प्रतिशतले बढेर ११।७७ ट्रिलियन येन पुगेको छ। त्यस्तै, आयात २१।६ प्रतिशतले वृद्धि भई १२।२५ ट्रिलियन येन पुगेको छ। निर्यात र आयात दुवैको मूल्य अक्टोबर महिनाका लागि हालसम्मकै उच्च रहेको अर्थ मन्त्रालयले जनाएको छ।

निर्यातको तुलनामा आयातको वृद्धि तीव्र भएकाले जापानले व्यापार घाटा व्यहोर्नुपरेको हो। विशेषगरी मध्यपूर्वमा लामो समयदेखि जारी तनावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उच्च रहनुले जापानको आयात खर्च बढाएको छ। ऊर्जा स्रोतका लागि ठूलो मात्रामा आयातमा निर्भर जापानका लागि तेलको मूल्यमा हुने उतारचढावले व्यापार सन्तुलनमा प्रत्यक्ष प्रभाव पार्ने गरेको छ।

गन्तव्यका आधारमा हेर्दा अक्टोबरमा अमेरिकातर्फ जापानको निर्यात २३।९ प्रतिशतले बढेको छ। त्यस्तै, युरोपेली संघ ९ईयू० तर्फको निर्यातमा २२।१ प्रतिशत र एसियाली बजारतर्फको निर्यातमा २२ प्रतिशतको वृद्धि भएको छ। यसले जापानका प्रमुख व्यापारिक साझेदारसँगको कारोबारमा सुधार आएको देखाउँछ।

तर, व्यापारको वास्तविक परिमाणसम्बन्धी तथ्याङ्कले भने फरक अवस्था देखाएको छ। अक्टोबरमा जापानको कुल निर्यात परिमाण ५.८ प्रतिशतले मात्र बढेको छ भने आयात परिमाण ०.२ प्रतिशतले घटेको छ।

यसबाट व्यापारको कुल मूल्यमा भएको ठूलो वृद्धि वास्तविक वस्तुको कारोबार बढेका कारण मात्र नभई अन्तर्राष्ट्रिय बजारमा वस्तु तथा ऊर्जाको मूल्य वृद्धि भएका कारण पनि भएको स्पष्ट हुन्छ।

लगातार छैटौँ महिनासम्म व्यापार घाटा कायम रहनुले जापानको बाह्य व्यापार सन्तुलनमा चुनौती देखिएको छ। निर्यातमा वृद्धि सकारात्मक भए पनि बढ्दो आयात खर्च र ऊर्जा मूल्यको दबाबले जापानी अर्थतन्त्रमा थप चुनौती सिर्जना गर्न सक्ने देखिन्छ। रासस

बुधबार, ०२ मंसिर २०८३, १६ : ३६

प्रतिक्रिया