प्रदेश प्रमुख समक्ष निर्वाचन आयोगको प्रतिवेदन पेस

सोमबार, ०७ मंसिर २०८३, १७ : ०२

काठमाडौं- बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा समक्ष आज  निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ ।

निर्वाचन आयोगको कार्यालय, हेटौँडाका कार्यालय प्रमुख हरिप्रसाद ढकालले नेपालको संविधानको धारा २९४ को उपधारा ३ बमोजिम आर्थिक वर्ष २०८२र८३ मा आयोगले सम्पादन गरेका काम कारबाही समेटेर तयार गरिएको २०औँ वार्षिक प्रतिवेदन पेस गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

सोमबार, ०७ मंसिर २०८३, १७ : ०२

प्रतिक्रिया