अपि पावर कम्पनी लिमिटेडले आफ्नो दोस्रो परियोजना अपर नौगाड जलविद्युत आयोजना ८ मे.वा को निर्माण सम्पन्न गरी असोजसफल परिक्षण कार्य सुरु गरेको छ ।
परिक्षण प्रसारण पुरा गरी यो आयोजनाले असोज १० गते देखि राष्ट्रिय ग्रिडमा विद्युत प्रवाह गर्ने अनुमान छ ।
असोज १२ मा विद्युत खरिद बिक्री सम्झौता सम्पन्न भएको यो आयोजनाको कुल लागत रु. १६० करोड रहेको यस आयोजनाले बार्षिक ४.८७ करोड किलोवाट घण्टा विद्युत उत्पादन गर्ने अनुमान गरिएको छ ।
यसमध्य सुख्खा महिनामा १.१४ करोड र बर्षातका चार महिनाहरुमा ३.७५ करोड घण्टा किलोवाट विद्युत उत्पादन हुनेछ । यस आयोजनाबाट उत्पादन हुने विद्युत शक्ति नेपाल विद्युत प्राधिकरणले निर्माण गर्ने अत्तरिया वलाँच सवस्टेशन मार्फत राष्ट्रिय ग्रिडमा प्रवाह भई जानेछ । यसबाट सुदुरपश्चिम प्रदेशमा भरपर्दो विद्युत आपुर्ति हुने विश्वास कम्पनीले लिएको छ ।
प्रतिक्रिया