कांग्रेसमा कसले कसलाई सिध्याउने भन्दै प्रतिस्पर्धा, देउवा र पौडेल यसरी भिड्ने भए

४ बर्ष अगाडि

काठमाडौं – प्रमुख प्रतिपक्षको भूमिका समेत राम्ररी निभाउन नसकेको नेपाली कांग्रेसले सरकारका गलत क्रियाकलापहरुको भण्डाफोर गर्ने भन्दै सञ्चालन गरेको जागरण अभियानले थप गुटको विकास मात्रै गरेको पाइएको छ ।  राष्ट्रिय जागरण अभियान नाम दिइएको उक्त अभियानले नेपाली जनतामा कुनै पनि प्रकारको रौनक ल्याउन नसकेको बरु आफू आफै लडेर यदुवंशी क्रियाकलापमा संलग्न भएको पाइएको छ । 

कतै संस्थापन पक्षले अर्कोलाई पेल्ने तथा कही विपक्षी समूहले अर्कोलाई ढिम्किन समेत नदिने गरेको पाइएको छ । केही जिल्लामा गुटगत अभ्यास सञ्चालन भएको तथा केही जिल्लामा एकले अर्कोलाई सिध्याउने सम्मको अभ्यास समेत जागरण कार्यक्रममा देखिएको स्वयम् काँग्रेसका नेताहरुले बताएका छन् । 

ती नेताका अनुसार केही जिल्लामा केन्द्रीय नीतिविपरीत गुटगत विरोध सभा भएका छन् ।  जागरण अभियानको समापनका दिन जिल्लाभरका नेता–कार्यकर्ताहरु सदरमुकाममा उतारेर सरकारविरुद्ध प्रदर्शन र विरोध सभा आयोजना गर्न जिल्लाहरुलाई परिपत्र गरेको थियो । तर, सिन्धुपाल्चोक र सप्तरीमा गुटगत रुपमा विरोधसभा भएको छ ।

 सिन्धुपाल्चोकमा पार्टीको संस्थापन समूह निकट केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले र सप्तरीमा संस्थापन इतर समूह निकट प्रतिनिधिसभा सदस्य तेजुलाल चौधरीले केन्द्रीय नीतिविपरीत जागरण अभियानको समापनमा विरोध सभा आयोजना गरेको काँग्रेसका नेताहरुले बताएका छन् । 

सिन्धुपाल्चोकमा काँग्रेस नेता मोहनबहादुर बस्नेतले अर्को समूहलाई टिक्न नदिएको भन्दै अर्को पक्षले केन्द्रीय कार्यालयमा उजुरी दर्ता गराएको छ । बस्नेतको ज्यादतीका विरुद्ध प्रतिवादका उत्रिएका नेता तथा कार्यकतालाई बस्नेत पक्षले कुटपीट नै गरेको उजुरीमा उल्लेख छ । पहिलो चरणको जागरण अभियानको उद्घाटनका दिन नेता–कार्यकर्ताहरुबीच कुटाकुट भएको थियो भने दोस्रो चरणको अभियानको समापनका दिन सप्तरीमा नेता–कार्यकर्ताहरुका बीच हात हालाहाल भएको छ । कांग्रेसले दोस्रो चरणको अभियान समापनका दिन जिल्ला कार्यसमितिको संयोजनमा सरकारविरुद्ध प्रदर्शन र विरोध सभा गर्न निर्देशन दिएको थियो । 

बस्नेतले पटक–पटक अराजक गतिविधि गर्दै आएको भन्दै विकास लामा लगायतका कार्यकर्ताले बस्नेत विरुद्ध उजुरी दिउका छन् । तर उजुरीको सुनुवाई हुने अवस्था भने छैन । किनकी बस्नेत सभापति शेरबहादुर देउवका भित्रिया हुन् ।  जिल्ला सभापति लामा र पूर्वसभापतिसमेत रहेका केन्द्रीय सदस्य बस्नेतबीच व्यक्तिगत टकराव रहेको छ । उनीहरुबीच आपसमा एकले अर्कालाई नमान्ने, नटेर्ने समस्या रहेको कांग्रेस कार्यकर्ताहरु बताउँछन् । लामा र बस्नेतको व्यक्तिगत सम्बन्धका कारण जिल्लास्तरीय मात्रै नभएर केन्द्रले सर्कुलर गर्ने कार्यक्रमहरु छुट्टाछुट्टै हुँदै आएको उजुरीमा समेत उल्लेख छ । 

सप्तरीमा पनि समापन समारोहमा मर्यादाक्रमको विषयमा नेताहरुबीच हात हालाहाल भएको छ । मंगलबार राजविराजमा अयोजित विरोध सभामा जिल्ला सभापति दिनेश यादव र प्रतिनिधिसभा सदस्य तेजुलाल चौधरीबीच बाझाबाझ र हात हालाहाल भएको थियो । 

एकले अर्कोलाई सिध्याउने, कोहीले भनेको कसैले नमान्ने अवस्था पनि उत्तिकै रहेको छ । पार्टी सभापति शेरबहादुर देउवा पक्षले आफूलाई जताततै पेलेको भन्दै रामचन्द्र पौडेल पक्षले चर्को असन्तुस्टि व्यक्त गर्दै आएको छ । 

कतै  वरीयतामा आशन ग्रहण गराएको भनेर सार्वजनिक स्थलमा सुन्नै नसकिने अपशब्दहरु प्रयोग गरेर गालीगलौज समेत हुने गरेको छ । एकले अर्कोलाई सिध्याउने कामलाई समेत लोकतानित्रक अभ्यास भनेर बसेको छ । 

हुन त राजाको पाउमा लगेर लोकतन्त्र बुझाउने बानी परेका काँग्रेसी नेतालाई यस्ता विषयले  सामान्य अर्थ पनि राख्दैन । विगतमा राजालाई प्रजातन्त्र बुझाउने देउवाले हामीलाई पनि त्यस्तै ठानेका होलान् भन्दै पौडेल पक्षले देउवा विरुद्ध उभिन आफ्ना गुटका कार्यकर्तालाई निर्देशन समेत दिएको स्रोतको दावी छ । जता पनि पेल्ने, अनि हामीले सहने भन्ने हुनै स्क्दैन, अब त अत्ति भयो, देउवा सभापति हुन् कि निरकुश शासक भन्दै पौडेल पक्षले देउवाको धतुरो झार्ने बताएका छन् । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया