कुलेखानीको क्षमता १०६ मेगावाट पुग्यो, कुलेखानी तेस्रोको परिक्षण उत्पादन शुरु

मंगलबार, १४ असोज २०७६, ११ : ४७

काठमाडौं – सरकारी स्वामित्वको एक मात्र जलासययुक्त आयोजना कुलेखानीको जडित क्षमता १०६ मेगावाट पुग्ने भएको छ । कूल  १४ मेगावाट क्षमताको कुलेखानी तेस्रोबाट विद्युत उत्पादन भएकाले कुलेखानीको जडित क्षमता बढेर १०६ मेगावाट पुग्न लागेको हो ।

हाल कुलेखानी तेस्रो आयोजनाको परीक्षण उत्पादन सुरु भएको छ ।

कुलेखानी पहिलोको जडित क्षमता ६०, दोस्रोको ३२ मेगावाट छ । यसअघि कुलेखानीको जडित क्षमता ९२ मेगावाट क्षमता थियो । पहिलोको विद्युतगृह मकवानपुरको धोर्सिङ, दोस्रोको भैंसे र तेस्रोको सुपारीटार नजिक रहेको छ

यो क्यासकेड आयोजना हो । पहिला आयोजनाको पानी दोस्रो हुँदै तेस्रो सुरुङमार्फत लगेर बिजुली उत्पादन सुरु भएको छ । तेस्रो आयोजना सम्पन्न हुन ११ वर्ष लागेको छ । यसले गर्दा आयोजाको समयका साथै लागत दोब्बर बढेको छ ।

कुलेखानी नेपालको एक मात्र जलासयका साथै क्यासकेड आयोजना हो । सुख्खायाममा बिजुलीको माग पुरा गर्न जलासयुक्त आयोजना निर्माण गरिएको हो ।  कुलेखानी जलासयमा पानी भरिइसकेको छ । जलासयको क्षेत्र ८ वर्ग्किलोमिटर छ । पानीको सतह १ हजार ५३० मिटर छ ।

मंगलबार, १४ असोज २०७६, ११ : ४७

प्रतिक्रिया