अमेरिकाले कालोसूचिमा राखेपछि चीनको विशाल प्रविधि कम्पनी हुवावेका कारोबार ह्वात्तै बढेको छ ।
अमेरिकी प्रतिवन्धपछि अघिल्लो वर्षको तुलनामा हुवावेको कारोबार २४ दशमलव ४ प्रतिशतले बृद्धि भएको कम्पनीले जनाएको हो ।
अमेरिकी सरकारले गत मे महिनामा हुवावेलाई कालोसूचीमा राख्नुका साथै हुवावेका टेलिकम उपकरण प्रयोग नगर्न यसवर्ष विश्वव्यापी पहल र प्रचार गरेको थियो।
त्यसपछिको अवधिमा हुवावेको कारोबार वृद्धि भएर करिब ८६ अर्ब डलर पुगेको छ। कम्पनीले आफ्नो नाफामा पनि ८ दशमलव ७ प्रतिशतले वृद्धि गरेको जनाएको छ ।
हुवावेका सामान मार्फत चीनले गोप्य सूचनाहरु संकलन गर्न सक्ने भन्दै अमेरिकाले हुवावेका उत्पादनमा व्यापक कमी कमजोरी रहेका र ती भरोसायोग्य नरहेको आरोप पनि लगाएको छ ।
तर हुवावेले भने अमेरिकी दाबीको निरन्तर खण्डन गरिरहेको छ।
अमेरिकी कम्पनीका उच्च प्रविधियुक्त सामान हुवावेलाई बिक्री नगर्न पनि अमेरिकाले आफ्नो देशका कम्पनीहरुलाई दवाव दिएको थियो ।
कम्पनीले विज्ञप्ति जारी गर्दै हुवावेले केबल सूचना प्रविधिको पूर्वाधार र स्मार्ट उपकरण निर्माणमा ध्यानकेन्द्रित गरेको छ, र त्यसलाई अझ गुणस्तरीय एवं परिस्कृत गर्नेतर्फ विशेष जोड दिइरहेको जनाएको छ ।
आफ्नो उत्पादनले निरन्तर विश्वको विश्वास जित्दै गएको कम्पनीको दावी छ।
प्रतिक्रिया